२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया

समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया

समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया

समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया

समाजशास्त्र, अर्थ र विज्ञान प्रविधिबारे बुटवलमा वैचारिक अन्तरक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  •  बुटवल । बुटवलमा समाज विज्ञान, अर्थ र विज्ञान प्रविधिबारे वैचारिक अन्तरक्रिया भएको छ । अहिले विज्ञान र प्रविधिमा भएको तीव्र विकास, नयाँ अर्थ राजनीतिक चरित्रलाई दर्शन र राजनीतिबीचको अन्तरसम्बन्धबारे गहन छलफल भएको हो । 
    अवधारणा पत्र प्रस्तुत गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा स्थायी समितिका सदस्य भरत सीले पुँजीवादीहरुले फैलाएको ‘विचारधारा अन्त्य’को हल्ला गलत भएको बताउँदै यो विश्वको अग्रगामी रुपान्तरण विरुद्ध परिलक्षित भएको बताएका छन् । उनले आजको विज्ञान प्रविधिको विकास र नयाँ अर्थराजनीतिक चरित्रले दर्शनमा अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरणको शंश्लेषण आवश्यक भएको बताए । उनले विज्ञान प्रविधिको विकासलाई दर्शनमा नयाँ शंश्लेषण गरेर मात्रै दुनियाँ बदल्ने सम्भव हुने बताए ।
    अर्का अवधारणा पत्र प्रस्तोता नेकपा केन्द्रीय सदस्य सन्तोस सीले दर्शनशास्त्र र भौतिक विज्ञान एक अर्कामा अन्तरसम्बन्धित भएको भन्दै यसको संयोजनले मात्रै समाज विज्ञान अगाडी बढ्न सक्ने बताए । उनले सत्यको खोजी र यसको निरुपणमा दर्शन र भौतिक विज्ञानको महत्वपूर्ण योगदान हुने बताए । 
    कार्यक्रममा नेकपा एमाले स्कुल विभागका नेता युवराज घिमिरे, एकीकृत समाजवादीका रुद्रलाल उपाध्याय, माओवादी केन्द्रका लेखनाथ भण्डारी, वरिष्ठ माक्र्सवादी साहित्यकार दिल साहनी, बिनहादुर कुँवर, डा। आरसी आचार्य, डा।बालकृष्ण चापागाई, राजनीतिज्ञ जीवलाल पन्थी, नागरिक अधिकारकर्मी पदम कार्की लगायतले नेकपाले विचारधारात्मक क्षेत्रमा नयाँ प्रस्तावहरु अगाडी सारेको बताउदै आजको विकसित विज्ञान प्रविधि र अर्थ राजनीतिक चरित्रलाई समाज विज्ञानमा नयाँ संश्लेषण आवश्यक भएको बताए ।
    वक्ताहरुले नेपालका राजनीतिक पार्टीहरुमा देखिएको विचारधारात्मक समस्याका कारण देश संकटमा परेको भन्दै कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन माक्र्सवादका तीनवटै संघटक अंगहरुमा विकास जरुरी रहेको बताए । 
    नेकपा केन्द्रीय सदस्य शरद सीको अध्यक्षता, अर्का केन्द्रीय सदस्य विश्वास सीको स्वागत र केन्द्रीय प्रतिनिधि सदस्य एवं रुपन्देही सेक्रेटरी विरेन्द्र सीको सञ्चालनमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij