दाङ। नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजाेरी स्विकार्ने ठाउँमा उल्टै क्लिन चिट पाएकाे हल्ला गर्नु उचित नभएको बताएका छन ।
प्रेस चाैतारी नेपाल दाङले शनिबार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महासचिव पाेख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानकाे प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटकाे हल्ला चलाउनु उचित नभएकाे बताएका हुन ।
`अनुसन्धानकाे प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले´उनले भने-`सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गरिनुपर्छ । सहकारीकाे सदस्य नरहेका व्यक्ती र कम्पनीलाई लगानी गर्न मिल्दैन । अनुचित तरिकाबाट लगानी भित्र्याएकाे पुष्टि भयाे । विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हाे । विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हाे ।´
यस्तै महासचिव पाेख्रेलले काठमाडौं महानगरपालिकाका नगर प्रमुख वालेन कति सफल, कति असफल उनले गरेका कामहरु हेर्नुपर्ने बताए । `देशभरका महानगरपालिका मध्य सबै भन्दा कमजाेर छ काठमाडौं । हेर्ने त त्यहि हाेला नि´उनले भने-` राजधानी सबैकाे सुरक्षित स्थल हुन सकेन । गरिब, निमुखाकाे काठमाण्डौं हुन सकेन ।´
वालनेकाे चर्चाकाे आधार अराजकता भएको टिप्पणी महासचिव पाेख्रेलकाे छ ।`अराजक बिद्राेही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढ्न थाल्याे । याे राम्रो संकेत हाेइन´उनले भने-`आफुलाइ जे मन लाग्याे त्यहीँ गर्ने कुरा राजनीति हाेइन ।´
लाेकतन्त्रलाइ कमजाेर पार्नेगरी वर्तमान सत्ता समिकरणकाे वारेमा हल्ला फैलाउन खाेजिएकाे टिप्पणी महासचिव पाेख्रेलकाे छ ।`वर्तमान सरकार १०० दिन नपुग्दै प्रतिपक्ष दल नेताबाट संसदमा व्यक्त गरिएको घृणा युक्त, असंसदिय र अराजनीतिक वक्तव्यले संसदमा अवराेध खडा गर्ने काम भयाे´उनले भने-`एमाले र कांग्रेस एक्ला एक्लै चुनाव लड्ने कुराले माओवादी अध्यक्षमा छट्पटी छुटायाे । संसदबाट नयाँ सरकार गठनकाे विकल्प दिन सकिदैन । नेपाली कांग्रेस र एमाले भन्दा बलियाे भएर देखाए भयाे त ।´
स्वार्थमा आधारित चुनावले सहि निकास दिन नसक्ने बताए ।`राजनीति भनेकाे जनताकाे विश्वास जित्ने कुरा हाे । नेकपा माअाेवादीले म्याजिक नम्बर देखाएर दलहरुकाे विचमा खेल्नु भन्दा जनताकाे विचमा जानू राम्रो कुरा हाे´उनले भने-`प्रयाेगशालाकाे चिन्तनबाट नेपाली समाजलाई मुक्त बनाउनु पर्छ । राजनीति फरक खालकाे संघर्षकाे विधा हाे । राजनीति समर्पन, त्याग र बलिदानकाे क्षेत्र हाे ।´




