२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता आइतबारदेखि भैरहवामा (टाइसिट सहित)

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता आइतबारदेखि भैरहवामा (टाइसिट सहित)

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता आइतबारदेखि भैरहवामा (टाइसिट सहित)

आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता आइतबारदेखि भैरहवामा (टाइसिट सहित)

आठौंं रुपन्देही  जिल्ला स्तरिय स्नुकर प्रतियोगिता आइतबारदेखि भैरहवामा (टाइसिट सहित)
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • बुटवल । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता असोज ६ गते आइतबारदेखि  भैरहवामा हुन लागेको छ । भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगिताको तयारी पूरा भएको र टाइसिट समेत सार्वजनिक भइसकेको संघका अध्यक्ष सुजन पुनले बताए ।

     यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवालाई प्राथमिकता दिई  पहिलोपटक भैरहवामा  जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए । 

    संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले भैरहवामा हुने प्रतियोगितालाई व्यवस्थित र भब्य बनाउने गरी सबै तयारी पूरा भई उद्घाटनको अन्तिम तयारीमा रहेको बताए । भैरहवामा स्नुकर खेलप्रतिको युवाहरुको आकर्षणलाई मध्यनजर गरि भैरहवामा प्रतियोगिता गरेकोमा संघको नेतृत्वप्रति उनले आभार व्यक्त गरे ।

    प्रतियोगितामा १२८ जना खेलाडीले भाग लिएको उनले बताए ।  प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि हाईयस्ट ब्रेकरलाई नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । 


     प्रतियोगिताको क्रममा  स्नुकर खेलको विकास र प्रचारप्रसारमा संचार क्षेत्रबाट योगदान गर्ने बढीमा दुईजना पत्रकारलाई सम्मान कार्यक्रम समेत निरन्तरता दिने उनले बताए।  

     Photo : File / –टिआर शर्मा  

    हेरौं टाइसिट : 

     

    a.jpg
    undefined

     

    b.jpg
    undefined
    c.jpg
    undefined
    d.jpg
    undefined
    e.jpg
    undefined

     

    f.jpg
    undefined

     

    g.jpg
    undefined

     

    h.jpg
    undefined

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij