२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आठौं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता भैरहवामा सुरु

आठौं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता भैरहवामा सुरु

आठौं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता भैरहवामा सुरु

आठौं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता भैरहवामा सुरु

आठौं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता भैरहवामा सुरु
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • भैरहवा । भैरहवामा आठौंं रुपन्देही जिल्ला स्तरिय स्नुकर प्रतियोगिता सुरु भएको छ । भैरहवा स्थित क्रेजि क्यु क्लब हाउसमा रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

    आइतबार पूर्व सांसद प्रमोद यादवले ब्रेक गरी प्रतियोगिता शुुभारम्भ गरे । सो अवसरमा बोल्दै यादवले अरु खेलहरु जस्तै स्नुकर खेलको पनि ठूलो महत्व रहेकोले अन्य इनडोर कवर्ड हल जस्तै जिल्ला स्तरको कवर्डहल बनाउन जरुरी रहेको बताए । यो खेल बाहिर नखेलिने भएकोले यस्को प्रचारमा कमि भएकोले नै यस प्रति आम नागरिकको सोचाई गलत भएपनि वास्तवमा यो खेल स्तरीय खेल भएर्को े बताए । आफुले यहाँ स्नुकरको कवर्डहल निर्माणका लागि पहल गरी स्थानीय तहलाई पनि सहकार्यमा ल्याउने प्रतिबद्धता जनाए ।

    सो अवसरमा बोल्दै तेक्वान्दोका राष्ट्रिय खेलाडी कोशिष बहादुर खड्का, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सल्लाहकार सुरज मकाजूले स्नुकरबाट राष्ट्रको प्रतिनिधित्व हुने गरी खेलाडी उत्पादन भएपनि खेलबारे सबैलाई बुझाउनु पर्ने, स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेको अन्य खेल जस्तै स्नुकर पनि राष्ट्रिय खेलमा समावेश हुनुपर्ने, जिल्ला र प्रदेश स्तरमा संघहरु मार्फत प्रतियोगिताहरु आयोजना गर्दै गए उत्कृष्ट  खेलाडीहरु उत्पादन हुदै जाने बताए ।

    यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवालाई प्राथमिकता दिई पहिलोपटक नारायणथान स्थित क्लबमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष सुजन पुनले बताए

    संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले १२८ जना खेलाडी प्रतियोगितामा सहभागी भएकोे बताए ।

    प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि सार्वधिक ब्रेकरले नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij