२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको सुशासन प्रबद्र्धन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा ईमानदारीता आवश्यक पर्ने बताए।

    ‘रानीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठिक छैन भने व्यूरोक्रायटले पनि साथ दिन्छ । मैले साथ पाईरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ’उनले भने,‘राजनीतिक नेतृत्वमा समस्याहरु छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढीरहेको छ ।’

    आफु नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको बताउनु भयो ।‘हामी केही गरेर देखाउन सक्छौं । बनाउने जिम्मेवारी तपाई हामीको हो । जिम्मेवारी बोकेर आएपछी पुरा गर्नुपर्छ’उनले भने,‘यो मुलुक बनाउन बाहिरबाट कोही आउदैन, जो हामी जिम्मेवारीमा छौं, उसैले नेतृत्व गरेर राम्रो काम गर्न तर्फ भूमिका बढाउनुपर्छ ।’

    नागरिक तहमा बढ्दै गएको निरासालाई आशामा बदल्नेगरी प्रदेश सरकारले सुधारका कामहरु अघि बढाएको बताए ।

    ‘सुशासन कायम गर्न आफैबाट सुरुवात गरेको छु । मुख्यमन्त्रीबाट हटेपछी पाउने सुविधा लिने छैन र अरुलाई पनि नदिनेगरी निर्णय गरेको छु । पूर्व मुख्यमन्त्री र पूर्व सभामुखले गाडी तथा सेवा सुविधा फिर्ता गरिसकेको अवस्था छ । मुख्यमन्त्री पदबाट हटेपछी पूर्व बिशिष्ट व्यक्तिको नाममा कुनै सुविधा लिने छैन भनेर निर्णय गरेको छु’उनले भने,‘आफुले नियत नराख्ने हो भने सुधारेर जान सकिन्छ ।’

    प्रमुख सचिव महादेव पन्थको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुल्मी, पाल्पा, अर्घखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायत सरोकारवाला पक्षको सहभागिता थियो ।

    लुम्बिनी प्रदेश सरकारले सुशासन प्रबद्र्धन तथा भ्रष्ट्रचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथी छलफल सुरु गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो निर्णयको रुपमा सुशासन तथा भ्रष्ट्राचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक कार्ययोजनाको प्रस्तावलाई स्वीकृत गरेका थिए । अहिले सोही कार्ययोजनाको मस्यौदामाथी सरोकारवाला पक्षसंग सुझाव संकलन गर्न थालिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij