२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मुक्ति समाज रुपन्देहीद्वारा जिल्लास्तरीय प्रशिक्षण

मुक्ति समाज रुपन्देहीद्वारा जिल्लास्तरीय प्रशिक्षण

मुक्ति समाज रुपन्देहीद्वारा जिल्लास्तरीय प्रशिक्षण

मुक्ति समाज रुपन्देहीद्वारा जिल्लास्तरीय प्रशिक्षण

मुक्ति समाज रुपन्देहीद्वारा जिल्लास्तरीय प्रशिक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • बुटवल । नेपाल उत्पीडित जातीय  मुक्ति समाज जिल्ला कमिटी रुपन्देहीले बुधबार पार्टी कार्यालय बुटवलको सुख्खानगरमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 


    समाजका जिल्ला कमिटी  अध्यक्ष दिपेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै विश्वकर्माले संघीयताले निर्दिष्ट गरेका व्यवस्था लागू गर्नुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिस्चितता गर्नुपर्ने, स्वयं दलित अब सशक्त रुपमा अगाडि बढनु पर्ने बताए । उनले जातीय छुवाछूत र यसको उत्पत्ति, दलित आन्दोलनको अवस्था र मुक्ति समाजको योजना र उद्देश्यका विषयमा प्रशिक्षण दिएका थिए । 


    कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज लिला गिरीले बोल्दै सबै प्रकारको विभेद र असमानतालाई अन्त्य गर्न सचेत वर्गले आन्दोलन गर्नुपर्नेमा जोड दिदै दलित समुदायको न्यायको लागि पार्टीले अगुवाई गर्ने बताए । 


    त्यस्तैगरी मुक्ति समाजका केन्द्रीय सचिवालय सदस्य सुरेन्द्र श्री बोल्दै अन्याय, अत्याचार, सामाजिक विभेद र छुवाछूतले सभ्य समाज र विकसित राज्यको निर्माण हुन नसक्ने हुँदा परिवर्तनका लागि एकताबद्ध अभियान चलाउनुपर्ने बताए । 


    त्यस्तैगरी पार्टी रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले बोल्दै समतामुलक समाज निर्माण गर्न, आर्थिक, शैक्षिक र राजनीतिक रुपमा दलित समुदायलाई सशक्तिकरण गर्न प्रतिस्पर्धाबाट पनि श्रेष्ठता हासिल गर्नुपर्ने र त्यसको लागि रुपान्तरणको मुद्दामा पार्टीको दर्बिलो साथ रहेको बताए । 


    कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सचिव कमला विश्वकर्माले जनताको बहुदलीय जनवाद र नेकपा एमालेका बौद्धिक नेता युवराज घिमिरेले माक्र्सवादी दर्शनशास्त्र र दलित मुक्ति आन्दोलनको बारेमा प्रशिक्षण दिएका थिए । 


    कार्यक्रममा मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष नन्द विश्वकर्मा र केन्द्रीय सचिवालय सदस्य कल्पना बरालले शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन । 


    मुक्ति समाजका रुपन्देही जिल्ला उपाध्यक्ष विकास गहतराजको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन सचिव हेम बहादुर विश्वकर्माले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij