२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रविको सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालका दुरुपयोग गरियाे : पाेखरेल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • धनगढी। नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालका दुरुपयोग गरिएको बताएका छन ।

    प्रेस चौतारी नेपाल धनगढीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री र परराष्ट्र मन्त्री विदेशमा रहेको बेला उनीहरूको विरुद्ध कु प्रचार गरेर लामिछाने माथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको बताए ।

    यसबाट नयाँ शक्ति भनिएकाहरूको चरित्र र नियत छर्लङ्ग भएको उनले स्पष्ट पारे । ‘विदेशी भूमिमा प्रधानमन्त्री भइरहेको बेला प्रधानमन्त्रीको विरुद्ध जुन प्रकारका प्रचारहरू भइरहेका छन्, ती अति लज्जाजनक छन् र देशको हितका विरुद्धमा छन्’, पोखरेलले भने ।

    सो कार्य रवि लामिछाने माथिको अनुसन्धानलाई नै रोक्ने खालका गतिविधि भएको भन्दै उनले खेद व्यक्त गरे । ‘यो कानुनी राज माथिको उपहास हो’, उनले भने ।

    कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले आरोप लाग्दा अनुसन्धानको लागि सहयोग गर्नुपर्नेमा त्यसबाट भाग्ने प्रयास भइरहेको पोखरेलले बताए ।अनुसन्धान प्रक्रियाबाट भागेर सुशासन दिन नसकिने उनले  स्पष्ट पारे ।

    ‘नेपाली जनताका बिचमा सुशासनका ठुला कुरा गरेर राजनीतिक दल खडा गर्ने, आफू माथि उठेको प्रश्नको सम्बन्धमा अनुसन्धामा जान नमान्ने भन्ने कुरा कुनै पनि अर्थमा उचित कुरा होइन, त्यो अत्यन्त गलत कुरा हो, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापतिले निसर्त सहयोग गर्नुपर्छ’, उनले भने ।

    लामिछाने माथि लागेको आरोप कति गम्भीर छ भन्ने कुरा सबैले बुझेको बताउँदै पोखरेलले एउटा कम्पनी खोलेर कानुन विपरीत सहकारीको ६५ करोड रुपैयाँ लैजाने कुरा चानचुने कुरा नभएको बताए । ठगीकै नियतका साथ टेलिभिजन खोलिएको कुरा स्पष्ट भएको पोखरेलले बताए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij