२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के के भने ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् ।

    महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए ।

     

    दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ,' प्रधानमन्त्री ओलीले भने, 'सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।'

    इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । उनले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए । 

     

    प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन हाम्रो ग्रह, मानिस र समृद्धिको लागि सबैभन्दा ठूलो खतराको रूपमा देखा परेको भन्दै नेपाल विशेष गरी प्रभावित रहेको बताए । सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिवर्तनको लागि सबैभन्दा कमजोर राष्ट्रहरू मध्ये एक भएको भन्दै विश्वको २०औं सबैभन्दा प्रकोप भोगिरहेको देशको रहेको बताए ।

    उनले सबैभन्दा चिन्ताको विषय पुरानो हिमालय, प्रायः तेस्रो ध्रुव भनेर चिनिन्छ, आफ्नो विशाल हिउँ भण्डारहरू गुमाउइरहेको बताए । उनले भने- 'यो नोक्सानले नेपालको सिमानाभन्दा पर अरबौं मानिसहरूका लागि पानीको उपलब्धतालाई खतरामा पार्छ ।'

    उनले नेपालले आफ्नो वन, पहाड र नदीहरू मार्फत हाम्रो ग्रहको स्वास्थ्यमा ठूलो योगदान दिइरहेको बताए । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको पीडा सहिरहेको बताउदै जलवायु न्यायको लागि आह्वान गरेका थिए ।

     

    महासभामा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij