भैरहवा । भैरहवामा जारी आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिता अन्तर्गत शनिबार क्वार्टर फाइनलका खेलहरु सकिएका छन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिता अन्तर्गत आइतबार दिउसो १ बजेदेखि सेमिफाइनल खेलहरु हुनेछन् ।
भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामा आइतबार शिशिर गुरुङ विरुद्ध कुनाल श्रेष्ठ तथा सञ्जय कार्कीविरुद्ध सञ्जयरत्न बज्राचार्य फाइनल पुग्न प्रतिस्पर्धा गर्ने छन् । खेल संयोजक एवं संघका सल्लाहकार विजय थापाका अनुसार सेमिफाइनलका खेलहरु बेस्ट अफ सेभेनका आधारमा खेलाइने छ ।
यसअघि क्वाटर फाइनलमा शिशिरले प्रमोद थैवलाई, सञ्जय कार्कीले कशिश क्षेत्रीलाई,कुनाल श्रेष्ठले बसन्त रश्मीलाई र सञ्जयरत्न बज्राचार्यले सौरभ श्रेष्ठलाई राजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि सर्वाधिक ब्रेकरले नगद १० हजार रुपैया, र कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए । यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको संघका अध्यक्ष सुजन पुनले बताए ।




