२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आठौं जिल्लास्तरीय स्नूकर : सञ्जय र शिशिर फाइनलमा

आठौं जिल्लास्तरीय स्नूकर : सञ्जय र शिशिर फाइनलमा

प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान ९ बजेदेखि शुरु हुने

आठौं जिल्लास्तरीय स्नूकर : सञ्जय र शिशिर फाइनलमा

आठौं जिल्लास्तरीय स्नूकर : सञ्जय र शिशिर फाइनलमा

प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान ९ बजेदेखि शुरु हुने

आठौं जिल्लास्तरीय स्नूकर :  सञ्जय र शिशिर फाइनलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • बुटवल । भैरहवाका शिशिर गुरुङ र बुटवलका सञ्जय कार्की भैरहवामा जारी आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।  भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा जारी प्रतियोगितामा आइतबार सम्पन्न सेमिफाइनलमा कुनाल श्रेष्ठलाई ४–३ ले हराउंदै शिशिर तथा सञ्जयरत्न बज्राचार्यलाई ४–२ले हराउंदै सञ्जय कार्की फाइनलमा पुगेका हुन् ।

    रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान ९ बजेदेखि शुरु हुने खेल संयोजक एवं संघका सल्लाहकार विजय थापाले जानकारी दिए । 


    प्रतियोगिताको उपाधि विजेताले नगद ६१ हजार रुपैया, तथा उपविजेताले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।


    यसैगरि सर्वाधिक  ब्रेकरले नगद १० हजार रुपैया, र कपबाट पुरस्कृत गरिने खेल संयोजक थापाले बताए ।

    यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक  भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको संघका अध्यक्ष सुजन पुनले बताए ।

    फाइनल खेलसंगै प्रतियोगिताको समापन र पुरस्कार वितरण तथा सहयोगी संघसंस्था र व्यक्तिलाई सम्मान गरिने संघका अध्यक्ष पुनले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij