२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ओमानमाथि नेपाल ३७ रनले विजयी

ओमानमाथि नेपाल ३७ रनले विजयी

ओमानमाथि नेपाल ३७ रनले विजयी

ओमानमाथि नेपाल ३७ रनले विजयी

ओमानमाथि नेपाल ३७ रनले विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • बुटवल। नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न  जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

    नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।

    ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ व्केट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २-२ विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।

    यो नेपालको सिरिजमा दोस्रो खेलमा पहिलो जित हो । अब नेपालले यस सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार  ओमानसँग खेल्ने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij