२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्यको ह्याट्रिक

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्यको ह्याट्रिक

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्यको ह्याट्रिक

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्यको ह्याट्रिक

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्यको ह्याट्रिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १ २०८१
शुक्रवार, आषाढ १ २०८१
  • लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा. तिलकराम आचार्य नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो ।
    खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।
    प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार विहान नियुक्तिपत्र प्रदान गरे । प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताइएको छ । रजिष्ट्रार नियुक्त भएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम सकिसकेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनीमा स्थापित गरी हालको अवस्थामा पु¥याउने काममा उनलाई रोलमोडलका रुपमा लिने गरिएको छ ।
    लुम्बिनीका स्थानीय तथा लुम्बिनी बचाउ महाअभियानका संयोजक रामविकास चौधरी आचार्यकै कारण लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापना हुन सकेको बताउँछन् ।
    आचार्य पहिलो पटक रजिष्ट्रार भएपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्थानान्तरण गरेका थिए । विश्वविद्यालय स्थापनाको १० वर्षसम्म काठमाडौंमा सिमित रहेको थियो । रजिष्ट्रार आचार्यले पहिलो कार्याकालमा विश्वविद्यालयका तीन वटा नियमावलीहरु बनाएका थिए । केन्द्रीय क्याम्पसमा पहिलो पटक कक्षा सञ्चालन, खडैयामा विश्वविद्यालयका लागि जग्गा प्राप्ती,  लुम्बिनीमा आठ कोठाको भवन निर्माण तथा पहिलो दीक्षान्त समारोह पहिलो कार्यकालमा उनले सम्पन्न गरेका थिए ।
    दोस्रो कार्यकालमा उनी रुपन्देहीको देवदहमा झण्डै एक सय विगाहा जमिन विश्वविद्यालयको भोगाधिकारमा ल्याउन सफल भएका थिए । देवदहमा डिन कार्यालय स्थापना गरी शैक्षिक कार्यक्रम सञ्चालन, बुटवलको नयाँगाउँमा झण्डै ६ बिगाहा जग्गा प्राप्ती र कलेज स्थापना आचार्यले गरेका थिए ।
    विश्वविद्यालयका तीन वडा डिन कार्यालयको संरचना निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालनमा उनले काम गरेका थिए । लुम्बिनीमा केन्द्रीय पुस्तकालय, केन्द्रीय कार्यालय, बुटवलमा शैक्षिक भवन तथा देवदहमा डिन कार्यालयको भवन निर्माणको काम यो चरणमा सकिएको विश्वविद्यालयले जनाएको छ ।
    लुम्बिनी बौद्ध विश्वविद्यालय लगातार तीन आर्थिक वर्षमा बेजुरु फछ्र्याेटमा उत्कृष्ट भई पुरस्कृत समेत भएको आचार्य बताउँछन् । आचार्य रजिष्ट्रार बनेपछि नै स्थायी शिक्षक र कर्मचारी नियुक्तिको काम अघि बढेको थियो ।
    तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पु¥याउने गरी काम गर्ने प्रतिवद्धता जनाए । विकास हुँदै गरेको विश्वविद्यालयका लागि अनुभवी पदाधिकारीको आवश्यक रहने भन्दै उनले आफूले विश्वविद्यालयलाई अझै उचाईमा पु¥याउने बताए । ‘उपकुलपतिज्यूले र मैले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पु¥याउने अठोटसहित केही योजना अगाडि बढाएका छौं, ती योजनाहरु कार्यान्वयन प्राथमिकतामा रहनेछ, उनले भने ।
    देवदहमा नयाँ परियोजना शुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई संगसंगै लगिने उनले बताए । उनले तेस्रो कार्यकालका लागि आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।
    रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा विश्वविद्यालयले खुला प्रतिष्पर्धा गराएको थियो । प्रतिष्पर्धी ९ जनामध्ये आचार्य पहिलो नम्बरमा रहेका थिए । रजिष्ट्रार छनौटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र विद्वान प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले सिफारिस गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij