२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकारलाई गगन थापाले भने– यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन

सरकारलाई गगन थापाले भने– यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन

सरकारलाई गगन थापाले भने– यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन

सरकारलाई गगन थापाले भने– यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन

सरकारलाई गगन थापाले भने– यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले विपद्का बेला सरकारको जिम्मेवार निकायका प्रमुख एवं अधिकारी देशभित्र नभएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले सरकारले यस्तो बेलामा आलोचना सुन्नुपर्नेमा जोड दिए ।

    “यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन । मुख्सचिव, प्राधिकरण (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण) प्रमुख आफ्नो ठाउँमा देखिएनन् । बैठक धेरै भए गुनासा छन्,” उनले भने ।

    हालैको अविरल वर्षाको समयमा रात्रि बस सञ्चालन नगर्ने त्यसअघि नै गरिएको निर्णय उनले स्मरण गरे । तर, रात्रि बस चलाइएको र त्यसको जिम्मा ‘कसैले’ लिनुपर्ने उनले बताए ।

    संघ सरकारको ध्यान उद्धार कार्यमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । “उद्धारमा संघीय सरकारको फोकस होस्, राहतको जिम्मा स्थानीय तहलाई दिनुपर्छ,” उनले भने ।

    विपद्‌मा पीडितलाई सहयोगका निम्ति ढिलाइ गर्न नहुने उनले उल्लेख गरे । “क्षतिको विवरण गर्ने कुरामा ढिलो नगरौँ । जाजरकोटको भूकम्पपीडितले दोस्रो किस्ता पाएनन्,” उनले भने, “विपत्ति तत्काल बिर्सिन्छौँ । विपद्‌मा परेकालाई पैसा दिने कुरालाई सहज बनाइदिनुस् ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij