२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

म त विदेश जान्न है बाबा

म त विदेश जान्न है बाबा

म त विदेश जान्न है बाबा

म त विदेश जान्न है बाबा

म त विदेश जान्न है बाबा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • संविद ढुंगाना
    मेरो इज्जत, मेरो साहस, मेरो सम्मान हो मेरो बाबा 
    मेरो शक्ति, मेरो पूँजी, मेरो पहिचान हो मेरो बाबा 
    चालिस कटेपछि पनि रमाउन छाडेर 
    मेरा लागि केही गर्छु भन्दै 
    खाडीमा पैसाको बाढी खोज्न 
    परदेशिएको हो मेरो बाबा  
    हट घोडा हट गर्दै काँधमा चढ्न मन थियो
    बाबा हजुरको नै हात समाई 
    स्कूल गेटसम्म पुग्न हुन्थ्यो 
    यहाँ मलाई धेरै रहर बाबासँग रमाउनलाई 
    बाबाको पनि बाध्यता थियो 
    रहर होइन विदेश गई कमाउनलाई 

    चाडपर्व आउँछ जान्छ 
    कति खुशी हुन्छन् अरु हात समाई हिंड्दा 
    मलाई नि लाग्छ मेरो नि बाबा सँगै भइदिएको भए 
    मैले चाहेर मात्र नहुने रहेछ
    दशैं आउँदा तिहार आउँदा टीका जमरा लगाई 
    बाबासँगै डुल्न मन थियो हात समाउँदै 
    रमाई लिङ्गे पिङ खेल्न हुन्थ्यो हजुरले नै हल्लाएर
    मामाघर जान हुन्थ्यो नयाँ लुगा लगाएर 
    आफ्नो खुसी बिर्सिएर हाम्रो खुसीको लागि
    परदेशमै रित्याउनु भयो जवानी 
    हाम्रो सपनाको डोको भर्न 
    परदेशिएको मेरो बाबालाई 
    रक्षा गर्दै है दुर्गा भवानी

    क्षण क्षणमा फोन गर्दै सम्झाउनु हुन्छ 
    गहभरि आँसु पार्दै परदेशिनु पर्ने कहिलेसम्म
    आफू अँध्यारोमा रही 
    मलाई सधैं उज्यालोमा राख्ने 
    मेरो कलिलो मस्तिष्कमा केही असर नपरोस् भन्दै 
    हजारौं पीरलाई पैतालामा किच्ने 
    मेरो बाबा, मेरो भगवान मेरो पिता कोटी प्रणाम 
    हजुरको बुढेसकालमा लौरी बनेर 
    साथ दिन पाउँ मेरो बाबा 
    त्यसैले त मलाई विदेश नपठाउनु है बाबा 
    त्यसैले म विदेश जान्न है बाबा । 
    कक्षा ६
    एस.ओ.एस. हरमन माइनर विद्यालय, गण्डकी पोखरा

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij