२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिधाकुराका पत्रकारहरु रिहा

सिधाकुराका पत्रकारहरु रिहा

सिधाकुराका पत्रकारहरु रिहा

सिधाकुराका पत्रकारहरु रिहा

सिधाकुराका पत्रकारहरु रिहा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारवारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाईनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् ।

    जगन्नाथ देवल (केन्द्रिय कारागार) प्रशासनले सर्वोच्च अदालतको पत्रको आधारमा दुवैजनालाई आईतबार कैदमुक्त गरेको हो । १३ असोजमा कारागार गएका उनीहरु विचमा सर्वोच्चमा उपस्थित भएर लिखित प्रतिवद्धता जनाएका थिए ।


    ‘सर्वोच्च अदालतको फैसला बमोजिम उहाँहरु दुवैजना सर्वोच्च अदालतमा पुगेर क्षमायाचना गर्नुभयो, त्यसका आधारमा सर्वोच्चबाट सात दिनको कैद भुक्तानपछि अरु कैद निलम्बन गरेर रिहा गरिदिनु भन्ने पत्र आयो’ जगन्नाथदेवल कारागारका प्रशासक कृष्ण बहादुर कटुवाल भने, ‘पत्रका आधारमा गएराती नै कैद भुक्तान भएकाले हामीले आज विहानै उहाँहरुलाई रिहा गरेका हौं ।’

    सर्वोच्च अदालतको ९ सदस्यिय बृहत पूर्ण इजलासले उनीहरुलाई अदालतको अवहेलनाको आरोपमा दोषी ठहर गर्दै तीन महिनाका दरले कैद सजाय तोकेको थियो ।

    सर्वोच्चले अवहेलना ठहरिएको समाचारप्रति क्षमायाचना गरी आइन्दा अवहेलनाजन्य काम नगर्ने प्रतिवद्धता जनाएमा सात दिन कैद बसेर बाँकी अवधि निलम्बन गर्नु भनी आदेश गरेको थियो ।

    तत्कालिन प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका केही न्यायाधीशहरु केही मिडिया सञ्चालकहरुसँग मिलेर घुससम्बन्धी मुद्दा प्रभावित पारेको भनी सिधाकुराले समाचार र अडियो रेकर्ड सार्वजनिक गरेको थियो ।

    अवहेलनाको प्रक्रिया अघि बढेपछि सिधाकुराले समाचार हटाएको थियो । अडियो रेकर्ड गरेको आरोपमा दोषी ठहरिएका राजकुमार तिमिल्सिनामाथि ६ महिना कैद सजाय तोकिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij