२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल पब्लिकमा अन्तर सदनात्मक फुटबल प्रतियोगिता, एल्लो हाउस विजेता

बुटवल पब्लिकमा अन्तर सदनात्मक फुटबल प्रतियोगिता, एल्लो हाउस विजेता

बुटवल पब्लिकमा अन्तर सदनात्मक फुटबल प्रतियोगिता, एल्लो हाउस विजेता

बुटवल पब्लिकमा अन्तर सदनात्मक फुटबल प्रतियोगिता, एल्लो हाउस विजेता

बुटवल पब्लिकमा अन्तर सदनात्मक फुटबल प्रतियोगिता, एल्लो हाउस विजेता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  •  बुटवल । बुटवल पब्लिक स्कूलले अन्तर सदनात्मक छात्र फुटबल प्रतियोगिता गरेको छ ।

    प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय उपाध्यक्ष दिर्घबहादुर केसी (कुमार) ले गरेका थिए । सो अवसरमा बोल्दै उपाध्यक्ष केसीले राज्यले गर्नुपर्ने काम  बुटवल पब्लिक स्कूलले गरेर फुटबल र क्रिकेट मैदान, स्वीमिङ पूल तथा हाइटेक नर्सरी  बनाएर विद्यार्थीलाई खेलकुद, पौडी  र तरकारी खेतीको व्यवहारिक ज्ञान दिने नौलो र अनुकरणीय काम गरेको बताए । विद्यालय तहबाटै खेल गतिविधि र प्रतियोगिताहरु नियमित भएमा मात्रै राम्रा खेलाडीहरु उत्पादन हुने उनले बताए ।

    खेलकुदमा ठूलो लगानी गरेर यस्ता नमूना काम गर्ने विद्यालयलाई एन्फाले उच्च मूल्याङकन गरी तालिम र अनय कार्यक्रममा सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।
    तिलोत्तमा ११ स्थित आफ्नै खेल मैदानमा भएको प्रतियोगितामा विद्यालयका चार वटा सदनबीच प्रतिस्पर्धा भएको थियो । कक्षा ६ देखि १० सम्मका छात्रहरु खेलेको प्रतियोगितामा एल्लो हाउस विजेता हुंदै उपाधि जितेको छ । फाइनलमा रेड हाउसलाई शुन्यका विरुछ ५ गोल गर्दै एल्लो हाउस विजयी भएको हो ।

    de95bc26-aa88-4e84-8062-d5f6f3cdd8a9.jpgप्रतियोगितामा एल्लो हाउसका सामिप्य पुन म्यान अफ द म्याच र सोहन थापा उदियमान खेलाडी घोषित भए ।  त्यसअघि एल्लो हाउसले ब्लु हाउसलाई शुन्यका विरुद्ध ७ गोलले विजयी हुंदै फाइनलमा पुगेको थियो । यस्तै ग्रीन हाउसलाई एक गोलले पराजित गर्दै रेड हाउस फाइनलमा पुगेको विद्यालयका भाइस प्रिन्सिपल रामचन्द्र पौडेलले जानकारी दिए । 
    विजयी टिम र खेलाडीलाई विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले मेडल र ट्रफी प्रदान गरेका थिए । विद्यालयले आफ्नै सुविधा सम्पन्न खेल मैदानमा नियमितरुपमा फुटबल, क्रिकेट , बास्केटबल लगायतका प्रतियोगिता गर्दै आएको  र यसबाट विद्यार्थी र अभिभावक खुशी भएका अध्यक्ष भुसालले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij