बुटवल । बालबालिका र किशोर–किशोरीलाई खेल मार्फत मनोरन्जन दिलाउने उद्देश्यले बुटवल–८ सुख्खानगरमा खस्यौली स्केट जोन सञ्चालनमा आएको छ । युवा व्यवसायीहरु नारायण खरेल र रामप्रसाद भुसालको संयुक्त लगानीमा २८ सय स्क्वायरफुट क्षेत्रफलको स्केट जोन सञ्चालनमा आएको हो । जहां एक पटकमा ५० जना खेल्न सक्छन् । स्केट जोनको वडा अध्यक्ष यज्ञ पंगेनी,नागरिक अधिकारकर्मी गोबिन्द खनाल, युवा नेता राजु गुरुङले बुधबार संयुक्तरुपमा उद्घाटन गरेका छन् । स्केट जोनमा प्रति घण्टा एक सय ५० रुपैयां शुल्क तोकिएको सञ्चालक नारायण खरेलले बताए ।




