२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

काभा यू–२० पुरुष भलिबलमा नेपाल बन्यो उपविजेता

काभा यू–२० पुरुष भलिबलमा नेपाल बन्यो उपविजेता

श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी प्रतियोगितामा नेपाली टिमका १२ जनामा बुटवलको न्यू होराइजन कलेजका विद्यार्थी सूर्य विक, सागर रसौली र लेशमन राहाडीमगर खेलेका थिए ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  •  

    बुटवल । सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर  फर्स्ट रनरअप अर्थात उपविजेता बन्यो ।

    खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

    समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।

    श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।
    नेपाली टिमका १२ जना मध्ये ३ जना खेलाडी बुटवलको न्यू होराइजन कलेजका विद्यार्थी थिए । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै न्यू होराइजन माविका विद्यार्थीहरु सूर्य विक, सागर रसौली र लेशमन राहाडीमगर टोलीमा छनोट भएका थिए । सात प्रदेशमा भएको छनोटबाट सबैभन्दा धेरै लुम्बिनी र सुदूरपश्चिमबाट ३–३ जना छनोट भएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij