२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

साफ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा

साफ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा

साफ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा

साफ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा

साफ महिला च्याम्पियनसिप फुटबलको तयारी पूरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • बुटवल । नेपालमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । 

    मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले  पत्रकार सम्मेलन गरी १ देखि १४ कात्तिकसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

    एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र बंगलादेश सहभागी हुने बताए । उनका अनुसार प्रतियोगिताका लागि पाकिस्तान, माल्दिभ्स र बंगलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि (बुधबार) काठमाडौं आइपुग्ने छन् ।

    सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले जानकारी दिए । प्रतियोगिताको टिकेटिङ्ग अधिकार भने माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्सलाई प्रदान गरिएको छ ।

    प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय तोकिएको छ  । त्यस्तै, नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको छ । प्रतियोगिताका खेल हेर्न १० वर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइने एन्फाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij