२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

वडाकपको उपाधि दुर्गा शिव तथा कृष्ण मन्दिरलाई

वडाकपको उपाधि दुर्गा शिव तथा कृष्ण मन्दिरलाई

वडाकपको उपाधि दुर्गा शिव तथा कृष्ण मन्दिरलाई

वडाकपको उपाधि दुर्गा शिव तथा कृष्ण मन्दिरलाई

वडाकपको उपाधि दुर्गा शिव तथा कृष्ण मन्दिरलाई
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • भैरहवा ।  दोस्रो वडास्तरीय वडाकप फुटबलको उपाधि दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समितिले जितेको छ । 

    सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा बुधबारदेखि भएको खेलमा फाइनलमा ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवारलाई ६–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । जितसँगै प्रथम पुस्कार खसी, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ । 

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उत्तरतर्फ रहेको प्रांगणमा भएको प्रतियोगितामा ७ वटा टीमको सहभागीता रहेको थियो । गत वर्षको विजेता ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार यस वर्ष उपविजेता भएको छ । फाइनल खेलको पहिलो हाफमा मन्दिरको तर्फबाट जर्सी नम्बर ७ सामर्थ गुरुङले लगातार ३ गोल हानेका थिए, उनलाई साथ दिदै दोस्रो हाफमा पुरन घिमिरेले पनि एक गोल जोडेका थिए । सामर्थलाई रोक्न नसकेको ढाक्रेका खेलाडीहरुले लगातार २ गोल खाए । सामर्थको लगातारको गोल पछि ढाक्रेबाट अन्तिम समयमा सागर गुरुङले एक गोल गरे । प्रतिउत्तर फर्काउन नसकेपछि ढाक्रेले एक गोलसँगै हार व्योहोर्नु पर्यो । 

    प्रतियोगितामा दुर्गा शिव तथा कृष्ण मन्दिरका सामर्थ गुरुङ उदयीमान खेलाडी, पुरन घिमिरे उत्कृष्ट खेलाडी, ढाक्रे क्लबका साहिल थापा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स प्रथम गुरुङ र नवप्रतिभा खेलाडीबाट दोगहरा फ्रन्ट्रसका सन्दिप हरिजन पुरस्कृत भएको कार्यक्रम संयोजक हरि केसीले जानकारी दिए । 

    विजेता र उपविजेतालाई सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, वडाअध्यक्ष मुक्तीनाथ यादव र अतिथीहरुले खसी, मेडल, ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्रदान गरे । 
    प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर–२ का अध्यक्ष छेदीलाल श्रीवास्तवले वडास्तरीय फुटबल प्रतियोगिताले खेलाडीलाई अगाडि बढ्न मद्दत गर्ने बताए । उनले भने, ‘वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले खेलाडी उत्पादन हुने गरी यो कार्यक्रम सञ्चालन गर्नुभएको छ । उहाँले वडाबासीमा निकै उत्साह जगाउनुभएको छ ।’

    त्यस्तै सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले आफू पनि खेलाडी भएकोले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए । उनले खेलाडीको प्रोत्साहन र खेलकुद क्षेत्रको विकासका लागि दोस्रोपटक फुटबल प्रतियोगिता आयोजना गरिएको बताउदै यो निरन्तर प्रतियोगिता आयोजना हुने भएकोले वडाबासीले साथ र सहयोग गर्नुपर्ने बताए ।

    कार्यक्रम संयोजक तथा सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.ले आगामी दिनमा यस्तो प्रतियोगिता अझ राम्रोसँग सञ्चालन गर्ने बताए ।

    प्रतियोगितामा श्री तमु समाज, श्री दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समिति, सिद्धार्थ बौद्ध गुम्बा, फुलबारी सेवा समाज, दोगहरा फ्रन्ट्रस, ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार र वडा नम्बर ४ कार्यालय कर्मचारी गरी ७ वटा टीमको सहभागीता रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij