२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवामा टी–२० क्रिकेट सुरू, उदघाटन खेलमा भारत विजयी

भैरहवामा टी–२० क्रिकेट सुरू, उदघाटन खेलमा भारत विजयी

नेपाल सहित ५ देश सहभागी खेलकाे उद्घाटन बिपी कोइरालाका छाेरा डा. शशांक कोइरालाले गरे ।

भैरहवामा टी–२० क्रिकेट सुरू, उदघाटन खेलमा भारत विजयी

भैरहवामा टी–२० क्रिकेट सुरू, उदघाटन खेलमा भारत विजयी

नेपाल सहित ५ देश सहभागी खेलकाे उद्घाटन बिपी कोइरालाका छाेरा डा. शशांक कोइरालाले गरे ।

भैरहवामा टी–२० क्रिकेट सुरू, उदघाटन खेलमा भारत विजयी
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • भैरहवा । भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

    नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको बिपी कोइरालाका छाेरा डा. शशांक कोइरालाले उद्घाटन गरे । शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । 

    टस हारेर ब्याटिङ्गको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमीले निर्धारित २० ओभर पनि खेल्न सकेन । १८ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउदै पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो । उसको लागि सर्वाधिक रन रिसभ जोशीले बनाए । रिसभले ३१ बलको सामना गर्दै ४ छक्का र ३ चौकाको सहयोगमा ४६ रन बनाए । यस्तै पाकिस्तानका अलि हुसेनले २५ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् । 

    बलिङ्ग तर्फ भारतका रोहित डाङ्गवलले ४ ओभरमा १९ रन खर्चिदै पाकिस्तानको ४ महत्वपूर्ण विकेट लिए । भारतकै योगेश कुमार र सक्षमले समान ३÷३ विकेट लिए । 

    ९० रनको विजयी लक्ष्य सहित मैदान छिरेको भारतको लाईफ केयर क्रिकेट क्लबले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउदै विजयी भयो । आईपिएल खेलि सकेका भारतीय खेलाडी दिपक पुनियाले भारतको लागि ६४ रनको पारी खेले । उनले २५ बलको सामना गर्दै ६ छक्का र ६ वटा नै चौका प्रहार गरे । यस्तै दिपांशु फोरेले अविजित २१ रन र राजेश शर्माले अविजित २ रन बनाए । 
    पाकिस्तानको लागि एक मात्र विकेट पाकिस्तानको राष्ट्रिय टोलीमा समेत रहेका ईमरान नाजिरले लिए ।

    कार्तिक १० गते सम्म संचालन हुने प्रतियोगितामा दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए । प्रतियोगितामा बांग्लादेशबाट गुलाज वरियर्स बांग्लादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रीकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टीम सहभागीता रहेको छ । 

    बिजयी टिमलाई रु ५ लाख र उप बिजेता टिमलाई रु ३ लाख पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिनेछ । 

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभइ नेपालकै क्रीकेटको विकासमा महत्वपूर्ण भुमिका निभाउने आयोजकको अपेक्षा रहेको छ ।

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजना भएकोे यो प्रतियोगिताले नेपाली खेलाडीहरुमा अनुभव साटासाट हुने र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा रहेको  छ । काठमाण्डौमा हुने यो प्रतियोगिता खेलमैदान मर्मतको क्रममा रहेकोले र ग्राउण्डमा एनपीएलको तयारी गर्नुपरेकोले यो प्रतियोगिता भैरहवामा गरिएकोे हो । पहिलो चरणमा ५ वटा टिम बिच लिग चरणको १० वटा खेल हुनेछ भने अन्तिम ४ मा पुगेकाहरु बिच २ वटा सेमिफाइनल र फाइनल गरी कुल १३ वटा खेल यहाँ हुने रुपन्देही क्रिकेट संघले जानकारी दिएको छ । प्रत्येक दिन २ वटा खेल खेलाइने छ, प्रतियोगितालाइ नेपाल क्रीकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रीकेट संघले गरेको छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij