२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे

नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे

नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे

नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे

नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाण्डाै ।  दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएकाे छ । अमेरिकाले दिएकाे ३ रनकाे लक्ष्य नेपालले ४ बलमा भेटायाे । सुपर ओभरमा अमेरिकाले २ रन बनाएकाे थियाे । नेपालका साेमपाल कामीले २ रन दिएर २ विकेट लिए ।

    त्यसअघि नेपालले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो । नेपाल र अमेरिकाको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गाैसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, साेमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

    यसअघि डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायाे । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चाैका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नाेस्थुश केन्जिगेले समान २ विकेट लिए ।

    याे जीतसँगै नेपालले तीन खेलकाे शृङ्खला एक खेलअघि नै जितेकाे छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भाेलि हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij