२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा बसेका छन रवि लामिछाने

हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा बसेका छन रवि लामिछाने

हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा बसेका छन रवि लामिछाने

हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा बसेका छन रवि लामिछाने

हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा  बसेका छन रवि लामिछाने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • बुटवल । पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कास्की प्रहरीले हिरासत रुँग्ने गार्डको कोठामा राखेको छ । हिरासत रहेको भवनको माथिल्लो तलामा रहेको गार्ड सुत्ने कोठामा बस्ने व्यवस्था मिलाइएकाे प्रहरी स्राेतले बताएका छ।स्रोतका अनुसार पूर्व डीआईजी छविलाल जोशीलाई तल्लो तल्लाको गार्ड सुत्ने कोठामा राखिएको थियाे । कास्की प्रहरीका ५ वटा हिरासत कक्ष छन् ।


    माथिल्लो तला र तल्लो तल्लामा थुनुवा रुग्ने गार्ड सुत्नका लागि बेग्लै कोठा छ । दुवै काेठामा सामान्य खाट र ओछ्यान छन् ।‘जोशी र लामिछाने दुवै जना गार्डको कोठामा बस्नु हुन्छ’, कास्की प्रहरीका एक अधिकारीले भने ।सुत्ने खाटबाहेक अन्य सुविधाहरु भने छैनन् । गार्ड र सबै थुनुवाका लागि शौचालय एउटै छ ।छविलाललाई सुरुमा अरु थुनुवाहरुसँगै राखिएको थियो । रास्वपाका पूर्व केन्द्रीय सदस्य ढाकाराम श्रेष्ठ पनि उनीसँगै थिए ।

    तर, छविलालले चिसोका कारण आफ्नो स्वास्थ्यमा समस्या आएको बताएर अस्पताल बस्न पाउनुपर्ने माग गरे । त्यसपछि उनलाई गार्डको कोठामा बस्ने व्यवस्था मिलाइएको हो । खाना भने उनले प्राय मेसकै खाने गरेका थिए ।

    थुनामा रहेको कुनै पनि कैदी शौचालय जानुपर्दा बाहेक आफूलाई राखिएको कोठाबाट निस्किन पाउँदैनन् । भेट्न आउनेहरु पनि कोठाभित्र पस्न सक्दैनन् । उनीहरुले ढोकाबाहिरै उभिएर कुरा गर्नुपर्छ ।भेट्न आउनेका लागि निश्चित समय तोकिएको हुन्छ । रवि र छविको भेट संयोगले एकैपटक शौचालय गए भने मात्रै सम्भव हुने स्रोतले बतायो ।प्रहरीले लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । त्यसपछि कास्की प्रहरीमा अनुसन्धानका लागि लगिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij