बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारले १०० दिनमा गरेका प्रगतिबारे जानकारी गराउने भएका छन् ।
उनले आज दिउँसो साढे २ बजे सिंहदरबारबाट आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग उनीहरूले १०० दिनमा गरेका प्रगतिबारे विवरण लिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले १०० दिन पूरा गरेपछि प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन् ।




