२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

युवालाई सिप सिकाउदै उद्यमशिलतामा जोडौंः मुख्यमन्त्री आचार्य

युवालाई सिप सिकाउदै उद्यमशिलतामा जोडौंः मुख्यमन्त्री आचार्य

युवालाई सिप सिकाउदै उद्यमशिलतामा जोडौंः मुख्यमन्त्री आचार्य

युवालाई सिप सिकाउदै उद्यमशिलतामा जोडौंः मुख्यमन्त्री आचार्य

युवालाई सिप सिकाउदै उद्यमशिलतामा जोडौंः मुख्यमन्त्री आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • बर्दिया । बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरे ।  ‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनले स्थानिय रोजगार रणनीति निर्माण गर्ने छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यमशिलतामा जोड्नेगरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकार संग समन्वय गर्ने बताए।

    ‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ । स्वदेशमै उद्यमशिलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उनले भने ,‘सिप सिकाउने र उद्यमशिलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं । म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको विचमा समन्वय र सहकार्य हुन जरुरी छ ।’

    युवाहरुलाई स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन मुख्यमन्त्री आचार्यले आग्रह गरे । ‘यो मुलुकको भोली उद्योगपती बन्न सक्नुहुन्छ, त्यो हैसियतको ल्यागत राख्नुहुन्छ । त्यस मानेमा अग्रसर भएर लाग्नको निम्ति हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु’उनले भने,‘तपाईहरुको साथमा प्रदेश सरकार छ । संघीय सरकार छ र स्थानीय सरकार छ । स्थानीय सरकारले विभिन्न रचनात्मक कामहरु अगाडी बढाउदै आएको छ ।’

    नगर प्रमुख खड्कबहादुर खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनमा बाँसगढी नगरपालिका भित्रका पाँच सय युवाहरुको सहभागिता रहेको छ । विभिन्न बिषयमा छलफल गर्दै र योजना निर्माण गरेर सम्मेलन सकिने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij