२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पोखरामा रास्वपाको प्रदर्शन जारी

पोखरामा रास्वपाको प्रदर्शन जारी

पोखरामा रास्वपाको प्रदर्शन जारी

पोखरामा रास्वपाको प्रदर्शन जारी

पोखरामा रास्वपाको प्रदर्शन जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन जारी राखेका छन् । बिहीबार पोखराका विभिन्न स्थानमा उनीहरूले धर्ना र प्रदर्शन गरेका हुन् ।

    उनीहरूले ‘निर्दोष रवि फसाउने ? सक्दै सक्दैनौ’, ‘सहकारी बचतकर्ताको रकम फिर्ता गर’, ‘भ्याट छल्नेहरूलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।


    यसैबीच, रास्वपाले शुक्रबार (भोलि)देखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ । पोखरामा जनस्तरबाट सोचेजस्तो समर्थन नपाएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने जनाएको हो ।

    सहकारीको बचत ठगी प्रकरणमा अनुसन्धानका निम्ति गएको शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । रास्वपाले भने राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij