२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग छ : प्रधानमन्त्री ओली

नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग छ : प्रधानमन्त्री ओली

नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग छ : प्रधानमन्त्री ओली

नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग छ : प्रधानमन्त्री ओली

नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग छ : प्रधानमन्त्री ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिएर विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन् । 

    संयुक्त राष्ट्र संघ–दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा उनले राष्ट्र संघले आफूहरूलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्ग निर्देशन गर्नेमा विश्वस्त रहेको बताए ।

    “हामी विश्वस्त छौँ कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र संघको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्ग निर्देशन गर्ने छ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वको लागि आवश्यक छ,’’ उनले भने ।

    ओलीले नेपाल राष्ट्र संघको सिद्धान्तप्रति अडिग रहेको पनि उल्लेख गरे । “विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने छौँ,’’ उनले भने । 

    ओलीले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराए । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट 'यूएन डे' लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

    नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्र संघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदै आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij