२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी प्रदेशका नव नियुक्त कानुन मन्त्रीले गरेका दुई निर्णय के हुन ?

लुम्बिनी प्रदेशका नव नियुक्त कानुन मन्त्रीले गरेका दुई निर्णय के हुन ?

लुम्बिनी प्रदेशका नव नियुक्त कानुन मन्त्रीले गरेका दुई निर्णय के हुन ?

लुम्बिनी प्रदेशका नव नियुक्त कानुन मन्त्रीले गरेका दुई निर्णय के हुन ?

लुम्बिनी प्रदेशका नव नियुक्त कानुन मन्त्रीले गरेका दुई निर्णय के हुन ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • दाङ। लुम्बिनी प्रदेशका नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले पदभार ग्रहण गर्दै दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

    प्रदेश प्रहरी समायोजनका लागि संघीय सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन टोल फ्रि तथा हटलाईन सेवा सञ्चालन गर्ने दुई वटा निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिनुभयो । 

    लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी ऐन, २०७९ निर्माण भइसकेको छ । तर, यो ऐन कार्यान्वनयमा आउन सकेको छैन् । नेपाल प्रहरी प्रदेशमा समायोजन गर्नेगरी संघीय सरकारले ऐन अघि नबढाएकाले प्रदेशले निर्माण गरेको ऐन कार्यान्वयनमा आउन सकेको छैन् । नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्रीले प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

    नेपालको संविधानको अनुसूची–६ मा प्रदेशको अधिकारको सूची अन्तरगत प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा रहेको छ । प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलको क्षेत्राधिकार भित्र प्रदेश शान्ति सुरक्षा, सुव्यवस्था सम्वन्धी नीति, मापदण्ड र योजना तथा कार्यान्वयन गर्ने, प्रदेश प्रहरी सञ्चालन, व्यवस्थापन र नियमन गर्ने सम्वन्धि व्यवस्था छ । 

    संविधानले दिएको अधिकार कार्यान्वयन गर्नेगरी भूमिका बढाउने नव नियुक्त मन्त्री अग्रवालले प्रतिबद्धता व्यक्त गर्नु भयो । यस्तै विपद्जन्य घटना सम्वन्धि सूचनामा आम नागरिकको पहुँचलाई सुनिश्चित गर्न प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रमा टोल फ्रि तथा हटलाईन नं सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij