सैनामैना । नेकपा एमाले सैनामैना नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा चेतनारायण न्यौपाने नारायण निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा कल्पना कुँवर, सचिव पदमा चाम बहादुर क्षेत्री र उपसचिव पदमा मन्जु ज्ञवाली र नारायण थापा निर्वाचित भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय कमिटी चयन गरेको हो ।
अध्यक्ष पदमा नारायण न्यौपानेले १५५ मत पाएर विजयी हुंदा जिवनाथ पाण्डेले ८१ मत प्राप्त गरेकाछन् । न्यौपाने एमाले जिल्ला सचिव एवं पुर्व मेयर चित्रबहादुर कार्की निकट मानिन्छन् भने पाण्डे प्रदेश सरकारका मन्त्री भूमिश्वर ढकाल निकट हुन् । उपाध्यक्ष कल्पना कुँवरले १३३ मत पाएर विजयी हुंदा अन्य उम्मेदवार लेखनाथ खनालले ६८ मत र तिर्थ प्रसाद भुसालले २४ मत प्राप्त गरेका छन् । त्यस्तै सचिव पदमा चाम बहादुर क्षेत्रीले १३७ मत पाएर विजयी हुंदा भिम खड्काले ८८ मत प्राप्त गरेकाछन् ।
त्यस्तै उपसचिव पदमा मन्जु ज्ञवालीले १५४ मत नारायण प्रसाद थापाले १४९ मत र कमला चौधरीले ९७ मत प्राप्त गरेकाछन् ।
निर्वाचित पदाधिकारीले आगामी तीन वर्षसम्मका लागि नेतृत्व गरि काम गर्ने छन् ।
कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाकी अन्य सदस्यको सहभागिता गराईएको छ । २५१ कुल मत मध्य २४० मत खसेको थियो ।१ मत बदर भएको थियो ।
अधिवेशनको पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री पद्मा अर्यालले कार्तिक ७ गते कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।




