२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दाङको  सौडियार माबिमा शिक्षक दरबन्दी नपाएपछि  ११ र १२ को पठनपाठनमा समस्या

दाङको  सौडियार माबिमा शिक्षक दरबन्दी नपाएपछि  ११ र १२ को पठनपाठनमा समस्या

दाङको  सौडियार माबिमा शिक्षक दरबन्दी नपाएपछि  ११ र १२ को पठनपाठनमा समस्या

दाङको  सौडियार माबिमा शिक्षक दरबन्दी नपाएपछि  ११ र १२ को पठनपाठनमा समस्या

दाङको  सौडियार माबिमा शिक्षक दरबन्दी नपाएपछि  ११ र १२ को पठनपाठनमा समस्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • घोराही । दाङको घोराही ७ सौडियार स्थित  माध्यमिक बिद्यालय सौडियारले बिद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएको बर्षौ बितिसक्दासम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले प्लस टु मा अहिलेसम्म एउटा पनि दरबन्दि नरहेको र माबि तहमा पनि बिद्यार्थी संख्या अनुसार अपुग दरबन्दि धेरै रहेकाले घाटामा कक्षा ११ र १२ को पढाइ सन्चालन गर्न गार्हो भइरहेको बताए । बिद्यालयकै जनशक्तिलाई कक्षा ११ र १२ को पढाइमा लगाउदा पनि चलनचल्तिको पारीश्रमिक दिन नसकिएको,  आफ्नो श्रमको कम पारीश्रमिक लिएर शिक्षकले पढाइरहेको र  केही शिक्षकहरु पठनपाठनको लागि बाहिरबाट ल्याउनुपर्ने अबस्थामा माथिल्लो  तहमा पठनपाठन सन्चालन गर्न गार्हो परिरहेको बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले बताए । प्लस टुमा दरबन्दि थप्न पटक(पटक वडा कार्यालय हुँदै घोराही नगर प्रमुखसंग माग राख्दा पनि सुनुवाई नभएको उनले गुनासो गरे ।

    आफुहरुले खाई नखाई गरेर मेहनतपुर्बक प्लस टु सन्चालन गरि रहेको अबस्थामा पनि राज्यका जनप्रतिनिधीले मेहनतको कदर नगरीएकोमा दुख ब्यक्त गरे । प्लस टुमा र माबि तहमा दरबन्दि थपिएको अबस्थामा कक्षा ११ र १२ को पढाई पुर्णरुपमा कुनै पनि अभिभाबकबाट सहयोग शुल्क नलिई चलाउन सकिने र राज्यले सहयोग नगरेको अबस्थामा प्लस टु कक्षा नै बन्द गर्नुपर्ने अबस्था आउन लागेको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए । कक्षा ११  र १२ सन्चालन गर्दा बार्षिकरुपमा अभिभाबकबाट सहयोग शुल्क बाफत ४ लाख रुपैयाँ मात्रै उठ्ने र खर्च ९ लाख बढि हुने भएकाले प्लस टु खर्च धान्न नसक्ने अबस्थामा बिद्यालय पुगेको बिद्यालयका प्रअ वलिले बताए ।

    घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले वडा नम्बर ७ भित्र प्लस टु सन्चालन हुने माबि सौडियार मात्रै रहेकाले वडाको गौरबको लागि भएपनि प्लस टु सन्चालनका लागि स्रोत जुटाउन र दरबन्दि थप्न घोराही उपमहानगर प्रमुखसंग कुरा राख्ने बताए । वडाले प्लस टु पढ्ने बिद्यार्थीलाई लक्षित गरेर बार्षिक रुपमा ४ लाख बजेट छात्रवृत्तिको लागि बिनियोजन गर्दै आएकोमा अहिले एसईइ पासपछि बजार नै बिद्यार्थीले पढ्नुपर्ने फेसन जस्तो चल्न थाल्दा पनि बिद्यार्थी संख्या कम हुँदै जादा पनि प्लस टु सन्चालनमा थप कठिनाई थपिएको बिद्यालयले जनाएको छ । बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले बिद्यालयमै पढाइ हुने शिक्षा संकायमा बिद्यार्थीहरुले नपढेर सोही बिषय पढन बिद्यार्थी बाहिर जान खोज्दा चुनौती थपिएको बताए  ।

    उनले प्लस टु सन्चालन बारे बिद्यालयको हित चाहने वडा अध्यक्ष, स्थानिय राजनितिक दल, बुद्धिजिबि, अगुवा, टोलबासी, पुर्ब बिब्यस अध्यक्ष, पुर्ब शिक्षक अभिभाबक संघसहित सरोकार राख्ने सबैलाई एउटै मन्चमा बोलाई छलफल गरिएको र उहाँहरुको सल्लाह सुझाब अनुसार नै प्लस टु सन्चालन हुने नहुने बारे निधो हुने बताए । स्थानिय किसानका छोराछोरीलाई गाउँमै घोराही बराबरकै प्लस टु शिक्षा दिन कक्षा ११ र १२ को पढाइ सन्चालन गरिएको र स्थानिय अभिभाबक सचेत नभए प्लस टु सन्चालन गर्न आर्थिक रुपमा संकट गहिरिदै जाने उनको भनाई छ । बिद्यार्थिको कक्षागत पढाइको सुधारमा आफुहरु लागि परेको भन्दै पढाइमा कुनै शिक्षकको गुनासो भए भन्न अभिभाबकलाइ आग्रह गरिएको र पठनपाठनमा सार्है लापरबाही देखीएको अभिभाबकको गुनासो आए त्यो कुरालाई आत्मसात गर्दै सच्याउदै गइने सहायक प्रअ पाण्डेको भनाई छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij