तिलोत्तमा । नेकपा एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो अधिबेशनबाट मिनप्रसाद पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । शनिबारदेखि शुरु भएको अधिवेशनले पोखरेलको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा संगिता गुरुङ, सचिबमा राधा शाही तथा उपसचिवहरुमा लोकनाथ पाण्डे र शंकर भुसाल चयन भएका छन् । अध्यक्ष पदमा निवर्तमान अध्यक्ष तामनाथ पाण्डे पनि आकांक्षी थिए । तर नेताहरुले पोखरेललाई नेतृत्व दिन सहमत गराएपछि चुनावमा नगई नेतृत्व चयन भएको हो । अधिवेशनको एमाले सचिव छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।




