बुटवल । अन्तरप्रदेश राष्ट्रिय कृकेट प्रतियोगितामा बिजेता बनेको सुदुरपश्चिम प्रदेशको प्रादेशिक टोलिलाई बुटवलमा सम्मान गरिएको छ।
सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीले नेपाल कृकेट संघको आयोजनमा बिराटनगरमा कार्तिक १० देखि २१ गते सम्म आयोजना भएको अन्डर १९ प्रदेश स्तरीय राष्ट्रिय कृकेट प्रतियोगीतामा फाईनलमा लुम्बिनी प्रदेश लाई ८ रनले पराजित गर्दैउपाधि बिजेता बनेको टोलिलाई सम्मान गरिएको हो।
सम्पर्क समाजका अध्यक्ष प्रमानन्द पन्त, उपाध्यक्ष उद्धव सिह बिष्ट लगायतले टिम कोच धिरेन्द्र चन्द , टिम म्यानेजर विसन महत, टिम कप्तान हेमन्त धामी तथा १४ जना खेलाडिलाई सम्मान गरिएको हो।
जन्मस्थल भन्दा टाढा भएर बसेपनी आफ्नो क्षेत्रको प्रगतिमा सानो भए पनि सहभागीता जनाउन कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष परमानन्द पन्तले बताए। उनले खेल जितेर प्रदेशको नाम उचो राखेको भन्दै आभार ब्यक्त गरे। उनले खेलाडीको टिमलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको जानकारी दिए।
बिजेता टोलिले २ लाख नगद सहित ट्रफी मेडल प्राप्त गरेको सुदुर्पश्चिम प्रादेशिक कृकेट संघको खेलाडी छनोट समितिको संयोजक दिपेन्द्र सिंह भण्डारीले जानकारी दिए।




