२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

हाम्रा सांसदलाई मुद्दा चलाउँदा कहिल्यै होहल्ला गरेनौं : देउवा

हाम्रा सांसदलाई मुद्दा चलाउँदा कहिल्यै होहल्ला गरेनौं : देउवा

हाम्रा सांसदलाई मुद्दा चलाउँदा कहिल्यै होहल्ला गरेनौं : देउवा

हाम्रा सांसदलाई मुद्दा चलाउँदा कहिल्यै होहल्ला गरेनौं : देउवा

हाम्रा सांसदलाई मुद्दा चलाउँदा कहिल्यै होहल्ला गरेनौं : देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेको पक्राउलाई राजनीतिक पूर्वाग्रह भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त्त कुरा गर्दै देउवाले यस्तो संकेत गरेका हुन् ।

    सहकारी प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो आरोप लागेको छ, यसमा काँग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, `हाम्रा सांसदलाई मुद्दा चलाइयो । तर, हामीले कहिल्यै होहल्ला गरेनौं । अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला नि ।´

    देउवाले अहिलेको गठबन्धन पुरै कार्यकाल टिक्ने पनि दाबी गरे । `अहिले गठबन्धनमा कुनै समस्या छैन । पुरै समय टिक्छ,´ उनले भने । 

    देउवा एक साताका लागि गृहजिल्ला सुदूरपश्चिम आएका हुन् ।  नेपाली काँग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ । डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको उनले बताए ।

    देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने सभापति साउँदले बताए । बडाल जाँत देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका–२ मा २७ गते लाग्ने छ भने उग्रतारा मेला जिल्ला सदरमुकाम नजिकै १ मंसिरमा लाग्ने छ ।

    यस्तै कात्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको सभापति साउँदले बताए । कात्तिक २८ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ भने २८ गते नै पालिकास्तरीय भेटघाट, २९ गते पनि भेटघाट कार्यक्रम, ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका– १ रुवाखोला जाने कार्यक्रम तय भएको छ ।

    देउवा मंसिर २ गते गृहजिल्लाबाट फर्किने कार्यक्रम रहेको बताइएको छ । देउवा पछिल्लोपटक २०७९ मा भएको निर्वाचनमा चुनाव प्रचारप्रशार र मतदानका लागि गृहजिल्ला पुगेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij