२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेलाई रुपन्देही ल्याउने प्रहरीको तयारी

रवि लामिछानेलाई रुपन्देही ल्याउने प्रहरीको तयारी

रवि लामिछानेलाई रुपन्देही ल्याउने प्रहरीको तयारी

रवि लामिछानेलाई रुपन्देही ल्याउने प्रहरीको तयारी

रवि लामिछानेलाई रुपन्देही ल्याउने प्रहरीको तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • बुटवल । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी गरेको छ । सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले आजै रुपन्देही लैजाने तयारी गरेको हो ।

    सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई अनुसन्धानका लागि पोखरा लगिएकामा पटक-पटक म्याद थप भएको छ । आइतबार मात्रै उनलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरिदिएको छ ।

    कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेलगायतको प्रकरणमा अनुसन्धान गरिरहेको छ । रुपन्देही प्रहरीले भने उनीमाथि बुटवलमा रहेको सुप्रिम सहकारीलगायतको रकम अपचलनमा अनुसन्धान गर्न लागेको हो । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पक्राउ गर्न अनुमति प्रहरीलाई दिइसकेको छ ।

    अदालतबाट अनुमति पाएसँगै रुपन्देही प्रहरीले कास्की प्रहरीलाई रूपन्देहीमा पठाइदिन भनिसकेको छ । सोही प्रकरणमा सम्भव भए आजै उनलाई रुपन्देही लगिने भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    उता रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले आन्दोलन गरिरहेको छ । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर अनुसन्धान गरिएको रास्वपाको दाबी छ । यही विषयलाई लिएर उसले सडक आन्दोलन गर्दै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij