२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलको सुप्रिम सहकारीसँग यसरी जोडिएका छन् रवि

बुटवलको सुप्रिम सहकारीसँग यसरी जोडिएका छन् रवि

बुटवलको सुप्रिम सहकारीसँग यसरी जोडिएका छन् रवि

बुटवलको सुप्रिम सहकारीसँग यसरी जोडिएका छन् रवि

बुटवलको सुप्रिम सहकारीसँग यसरी जोडिएका छन् रवि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • बुटवल  ।  सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट रूपन्देही पुर्‍याएर बयान लिइँदै छ । भैरहवामा कार्यालय रहेको सुप्रिम सहकारीको रकम पनि हिनामिना प्रकरणमा उनी तानिएका छन् ।

    कात्तिक २ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले तीनवटा अभियोगमा अनुसन्धान गरिरहेको छ । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

    कास्की जिल्ला अदालतले पछिल्लोपल्ट १३ दिन अनुसन्धानका लागि थप म्याद दिएपछि उनलाई भैरहवा नै लगेर बयान लिन लागिएको प्रहरीले जनाएको छ । यसअघि हिजो नै भैरहवा लैजाने तयारी गरिएको थियो । 

    लामिछानेमाथि अनुसन्धान गर्न यसअघि जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिइसहेको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ ।

    सो सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ ।  सोही विषयमा लामिछानेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई कारबाही सिफारिस गरेको थियो ।

    समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो ।  उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

    सूर्यदर्शन, साहारा, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकम आएको र त्यसमा लामिछाने प्रबन्ध निर्देशक भएकाले जवाफदेही हुनुपर्ने माग संसदमै उठेको थियो । लामिछानेको बयान सकिएपछि कास्की नै पठाइने भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij