२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

न्यू होराइजन स्पोर्टस् क्लबद्वारा मौलिक देउसी भैलो र अन्तर्राष्ट्रिय खेल जितेका भलिबल खेलाडी सम्मान

न्यू होराइजन स्पोर्टस् क्लबद्वारा मौलिक देउसी भैलो र अन्तर्राष्ट्रिय खेल जितेका भलिबल खेलाडी सम्मान

न्यू होराइजन स्पोर्टस् क्लबद्वारा मौलिक देउसी भैलो र अन्तर्राष्ट्रिय खेल जितेका भलिबल खेलाडी सम्मान

न्यू होराइजन स्पोर्टस् क्लबद्वारा मौलिक देउसी भैलो र अन्तर्राष्ट्रिय खेल जितेका भलिबल खेलाडी सम्मान

न्यू होराइजन स्पोर्टस् क्लबद्वारा मौलिक देउसी भैलो र अन्तर्राष्ट्रिय खेल जितेका भलिबल  खेलाडी सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवल अन्तर्गतको न्यू होराइजन स्पोर्टस् क्लबले  नेपालको मौलिक र परम्परागत कला संस्कृति संरक्षण तथा युवा सशक्तिकरणका लागि देउसी भैलो कार्यक्रम  र खेलाडी सम्मान गरेको छ ।  

    न्यू होराइजनका शिक्षक र कर्मचारी आवद्ध क्लबले निकट भविष्यमा आयोजना गर्न लागेको क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता तथा खेलाडीहरुलाई अध्ययन अवलोकन भ्रमणका लागि रकम जुटाउने उद्देश्यले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेका हो । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिक संस्कृतिमाथि भइरहेको अतिक्रमण रोकेर आफ्नो संस्कृति जोगाउने उद्देश्यले मौलिक देउसी भैलोमार्फत खेलकुद र खेलाडीको प्रवद्धनका लागि रकम संकलन गरिएको क्लबका उपाध्यक्ष एवं देउसी भैलो कार्यक्रम संयोजक बालकृष्ण बस्यालले बताए । 


    देृउसी भैलो संगै क्लबले अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय टोलीमा समावेश न्यू होराइजन माविका तीनजना खेलाडीलाई सम्मान गरेको छ ।  सेन्ट्रल एशियन भलिबल एशोसिएसन काभा को आयोजनामा अक्टोबरको पहिलो साता श्रीलंकामा सम्पन्न प्रतियोगितामा खेलेका न्यू होराइजनका विद्यार्थीहरु सूर्य विक,सागर रसौली र लेशमन राहाडीमगरलाई न्यू होराइजन माविमा सम्मान गरिएको हो । 

    hd.jpg
    विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू,उपाध्यक्ष निर्मल लाकौल,कोषाध्यक्ष रामेश्वर श्रेष्ठ,विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय,उपप्राचार्यहरु बालकृष्ण भण्डारी,वासुदेव अर्याल र राजीव श्रेष्ठ, न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष चेतन ठकुरी , उपाध्यक्ष बालकृष्ण बस्याल,खेलकुद तथा अनुशासन काउन्सीलर मिलन राना लगायतले खेलाडीहरुलाई सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरेका हुन् । विद्यालय र क्लबले यसअघि खेल खेल्न जानु अघि पनि खेल सामग्री सहित विदाई गरेको थियो । 

    खेलाडीलाई सम्मान गर्दै न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षामा करिब चार दशकदेखि कटिवद्ध देशकै अग्रणी संस्था भएकाले संस्थाले खेलकुद र नेपाली मौलिक कला संस्कृति संरक्षण र विकासमा सक्दो योगदान गरेको बताए । सोही अनुसार न्यू होराजनका विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तर प्रतियोगिताहरु जित्दै आएको बताए । 

    सो अवसरमा शिक्षक त्रिभुवन बरईले आफ्नो पीएचडीको शोधपत्र पुस्तक न्यू होराइजनको पुस्तकालयलाई प्रदान गरेकोमा बरईलाई सम्मान गरिएको थियो । बरईलाई सम्मान गर्दै उपप्राचार्य बालकृष्ण भण्डारीले न्यू होराइजनको पुस्तकालयमा ७ हजार पुस्तक रहेको जानकारी गराउंदै त्यसबाट लाभ लिन आग्रह गरेका थिए । 

    hb.jpg

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij