२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुरक्षाको घेरामै रविको तेस्रोे दिनको वयान सुरु

सुरक्षाको घेरामै रविको तेस्रोे दिनको वयान सुरु

बोल्ला भन्ने डरले प्रहरी तनावमा, आजै वयान सकिने

सुरक्षाको घेरामै रविको तेस्रोे दिनको वयान सुरु

सुरक्षाको घेरामै रविको तेस्रोे दिनको वयान सुरु

बोल्ला भन्ने डरले प्रहरी तनावमा, आजै वयान सकिने

सुरक्षाको घेरामै रविको तेस्रोे दिनको वयान सुरु
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • भैरहवा ।  रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयानलाई आज पनि निरन्तरता दिइएको छ । 

    सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिन बाक्लो सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे १० बजे वयानका लागि हाजिर गराइएको छ । 

    जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक वयान ३ घण्टा ३५ मिनेट वयान लिएको थियो त्यस्तै दोस्रो दिन विहान सवा १० बजे देखि सवा ७ बजे सम्म ९ घण्टा वयान भएपनि सवाल जवाफ नसकिएकोले विहीबार वयानको अन्तिम टुङ्गो लगाउने गरि साढे १० बजेबाट वयान सुरु भएको छ ।

    प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप वयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएका छन । हिजो सम्म भएको वयानको अन्तिम रुप दिदै रुजु गर्ने र रोलक्रम गर्ने काम आज हुन्छ । उहाँ विरुद्ध परेको सहकारी ठगि विरुद्धको कसुरमा रहेर नै सवाल जवाफ भएका छन उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएको छ । कति वटा प्रश्न गरिएको भन्ने बारे यकिन भएको छैन, सम्भवः आज वयान सकिने अनुमान छ । 

    मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउछ त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप वयान लिनुपर्ने देखिएकोमा थप वयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर अवस्था हेरेर वयान फेरि पनि लिन सकिने व्यवस्था छ ।

    सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै वयान कक्ष सम्म पु¥याइएको छ । मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ । केही बोलिहाल्छन की भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वाकिलको कार्यालय र हिरासत सम्मको यात्रा भइरहेको छ । दर्जनौ नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उन्को यात्रा भइरहेको छ । आज वयान सकिए साझ सम्म उनलाई रुपन्देहीबाट पोखरा पठाइने छ ।

    रास्वपाका कार्यकर्ताहरुले लामिछाने रुपन्देही आए देखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन । सोही क्रममा बुधबार दिउसो अदालत अगाडि कार्यकर्ता प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी विच केहीबेर तनाव सृजना भएको थियो । आज बिहीबार पनि रास्वपाले रुपन्देहीमा मोटरसाइकल ¥याली गर्ने तयारी गरेको छ । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij