२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मध्यरातसम्म चलेको कांग्रेस-एमाले बैठकमा उठे यी एजेन्डा

मध्यरातसम्म चलेको कांग्रेस-एमाले बैठकमा उठे यी एजेन्डा

मध्यरातसम्म चलेको कांग्रेस-एमाले बैठकमा उठे यी एजेन्डा

मध्यरातसम्म चलेको कांग्रेस-एमाले बैठकमा उठे यी एजेन्डा

मध्यरातसम्म चलेको कांग्रेस-एमाले बैठकमा उठे यी एजेन्डा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  •  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारीकै क्रममा सत्तारुढ कांग्रेस र एमालेबीच राय बाझिएको प्रसंगले यति बेला चर्चा पाइरहेको छ ।

    मंगलबार मन्त्रिपरिषद्को बैठक नै रोकेर प्रधानमन्त्री ओलीले कांग्रेसका नेतासँग छलफल गर्न थालेको भनेपछि सत्ता साझेदारभित्र ठूलै दरार पैदा भइसक्यो कि भनी आशंकाले अझै ठूलो ठाउँ पायो ।

    अझ त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दुई महामन्त्रीसमेत डाकेर छलफल गरेको भनेपछि काठमाडौंमा विभिन्न जोडकोण राखेर अर्थ्याउन थालियो । केही मन्त्री फेरिँदैछन् भन्ने हल्ला यसअघि नै सुरु भइसकेको थियो ।

    कांग्रेसका एक उच्च तहका नेताले अनलाइनखबरसँग बताए अनुसार प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण तयारीमा कांग्रेसले ‘बीआरआई’ अन्तर्गतका ऋण परियोजना सकार्न नहुने अडान राखिरहेको छ । सभापति शेरबहादुर देउवाले पनि त्यसमा चासो राखिरहेको ती नेताले भने ।

    ‘उहाँले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि यसबारे सेयर गनुभएको छ भन्ने लाग्छ,’ ती नेताले भने, ‘ऋण नलिने, पोखरा विमानस्थल अनुदानमा परिणत गर्ने कांग्रेसको भनाइ हो । पहिले दिन्छु भनेको अनुदान कहाँ अड्कियो भनेर खोज्ने बेला पनि आएको छ ।’

    यिनै विषयमा देउवाले ओलीसँग कुरा गर्न चाहेपछि मंगलबार मन्त्रिपरिषद् बैठक रोकेर दुई शीर्ष नेताबीच छलफल चलेको ती नेताले भने । बैठक मध्यरातसम्म चलेको थियो ।

    खासमा क्याबिनेट बैठक नै रोकेर प्रधानमन्त्रीलाई अकस्मात् कांग्रेससँग छलफल गर्नुपर्ने के आवश्यकता पर्‍यो रु

    यो प्रश्नमा प्रधानमन्त्री ओलीको सचिवालय भन्छ, ‘क्याबिनेट बैठक रोकिएको होइन, कांग्रेससँग सोमबार बस्नुपर्ने बैठक चाहिँ सरेर हिजो मंगलबार बसेको हो । नियमित क्याबिनेट बिहीबार बस्छ ।’

    बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, सत्ता संयन्त्रका संयोजक पूर्णबहादुर खड्का, पार्टीका महामन्त्री गगन थापा, रक्षामन्त्री आरजु राणा देउवा, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल थिए ।

    बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण तयारीका एजेन्डाहरुमा छलफल भएको मुख्य सल्लाहकार रिमालले बताए । ‘हामीले प्रधानमन्त्री केपी ओलीले २०१६ मा चीनसँग गर्नुभएका सम्झौता, अनि त्यसयताका विभिन्न सम्झौताको प्रगति र कार्यान्वयन के कस्तो भयो भनेर बुँदा-बुँदा अध्ययन गरिरहेका छौं, हिजो पनि त्यही भयो,’ रिमालले भने, ‘विभिन्न समयका नेपाल-चीन संयुक्त वक्तव्य अध्ययन गर्ने, अड्केका परियोजना के कारणले पछि परे भन्ने समीक्षा पनि भएको छ ।’

    प्रधानमन्त्री ओलीको चीन भ्रमणकै कारण सरकार संकटोन्मुख बन्न लाग्यो भनी देश भित्र र बाहिरका विभिन्न पक्षले अभिव्यक्तिको रिमालले खन्डन गरे । ‘हामी प्रचण्डजीसँग भन्दा कांग्रेससँग सहज अनुभव गरिरहेका छौं, भ्रम नरहोस्,’ उनले भने, ‘बीआरआई वा चीनसँगका सम्झौताबारे पनि हामीबीच बुझाइमा समस्या हुँदैन ।’

    मंगलबारको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगको विषयमा प्रवेश नगरेको उनले बताए । अहिले कांग्रेस वा एमाले कुनै पनि पक्षका मन्त्री नफेरिने पनि नेताहरुले बताएका छन् ।

    यसअघि पनि कांग्रेसकै उच्च तहका नेता तथा सरकारका जिम्मेवार पदाधिकारीले चीन भ्रमणको तयारीका क्रममा दुई दलबीच मतैक्य नरहेको अनलाइनखबरसँग टिप्पणी गरेका थिए । प्रधानमन्त्री सचिवालयले भने चीन भ्रमण वा अरु विषयहरुमा दुई शीर्ष नेताहरुको समन्वय र बुझाइका आधारमा नै अघि बढ्दै जाने भएकाले बाहिर आएका हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

    प्रधानमन्त्री ओली १७ मंसिरमा चीन जाँदैछन् । भ्रमण तयारीका क्रममा परराष्ट्रमन्त्री राणा त्यसअघि नै बेइजिङ जानेछिन् ।

    दुई दलका नेताहरुको बैठकले दुर्गा प्रसाई लगायत विभिन्न व्यक्तिले सोसल मिडियाको आडमा फैलाएका अराजकता र भ्रमलाई रोक्न मिलेर काम गर्नुपर्ने ठहर गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij