२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

एमाले लुम्बिनीले गर्याे सात सदस्य मनाेनयन

एमाले लुम्बिनीले गर्याे सात सदस्य मनाेनयन

एमाले लुम्बिनीले गर्याे सात सदस्य मनाेनयन

एमाले लुम्बिनीले गर्याे सात सदस्य मनाेनयन

एमाले लुम्बिनीले गर्याे सात सदस्य मनाेनयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटीले ७ जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ । बिहीबार रुपन्देहीको बुटवलमा बसेको एमाले प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले उनीहरुलाई मनोनित गरेको हो । मनोनित हुनेमा तेजेन्द्र केसी (रुपन्देही), डम्बर शर्मा (कपिलवस्तु), टोपबहादुर ओली (पूर्वी रुकुम), किस्मत कक्षपति (बाँके), हुकुमबहादुर बस्नेत (दाङ), लालबहादुर श्रेष्ठ (बर्दिया) र जसमा उमा विक (कपिलवस्तु) रहेका छन् । 

    बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीलाई एजेण्डाले नेतृत्व गर्ने भएकोले अहिलेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषयसहित चारवटा एजेण्डालाई आत्मसात गरेर पार्टी कामलाई अघि वढाउन आवश्यक रहेको बताइन् । उनले जनताका तत्कालीन र दीर्घकालीन एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई ग्यारेण्टी गरेर जान सक्दा मात्र सबै वर्ग र समुदायका एजेण्डालाई आत्मसात गर्न सकिने भएकोले तदनुसारका विषयलाई अभियानका रुपमा लैजान आवश्यक रहेको बताइन् ।

    पूर्व भूमिव्यवस्था मन्त्री समेत रहेकी अर्यालले कार्यकर्ताका पनि एजेण्डा दिएर करप्टेड र फ्रष्टेड हुनबाट बचाउनु, हरेक कार्यकर्ताले पार्टीलाई अभिभावक सम्झने अवस्था सृजना गर्नु र स्वयं नेता पनि सुध्रिन जरुरी रहेको बताइन् ।

    बैठकमा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले ९ वटा प्रस्ताव पेश गरेका थिए । जसअनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राजनीति नियुक्ति पाउनेको सम्मान तथा वार्षिक कार्ययोजना–२०८० को समीक्षा, वार्षिक कार्ययोजना–२०८१ प्रस्तुत, जिल्ला तथा मातहत कमिटीका वैठक र प्रदेश कमिटीको मनोनयन सम्वन्धी प्रस्तावहरु रहेको सचिव लक्ष्मण आचार्यले बताए ।

    बैठकले पार्टीको मुखपत्र लुम्बिनी सन्देशको प्रकाशनका लागि आवश्यक तयारी गर्ने, जिल्ला र पालिका कमिटीको कार्यालय तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने, वैठकले १० बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

    बैठकमा पोलिटव्यूरो सदस्यहरु दल बहादुर राना, बैजनाथ चौधरी, लिला गिरी, दधिराम न्यौपाने, खेममान खड्कालगायतले मिसन ८४ को पूर्वतयारी र पार्टी रणनीतिका विषयमा जानकारी दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij