२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्कासँग खेल्दै

नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्कासँग खेल्दै

नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्कासँग खेल्दै

नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्कासँग खेल्दै

नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्कासँग खेल्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • बुटवल । नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिका लाहोरमा नेपाली समयअनुसार बिहान सवा ११ देखि खेलिरहेका छ। 

    यस्तै नेपालले आफ्नो पहिलो खेलमा यही समयमा श्रीलङ्कासँग खेल्दैछ । चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप पाकिस्तानमा आजदेखि डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरु लाहोर र मुल्तानमा हुने छन् ।

    नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ तारिखमा बङ्गलादेशसँग, तेस्रो खेलमा अफगानिस्तानसँग नोभेम्बर २५ तारिखमा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ तारिखमा तथा पाँचौँ खेल नोभेम्बर २७ तारिखमा पाकिस्तानसँग खेल्नेछ ।

    नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । यो प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् ।

    भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो । भारतले खेल्ने लिग चरणका खेलमा उससँग खेल्ने टोलीले वाक ओभर पाउनेछन् । आजै भारत र बङलादेशबीच पनि खेल हुने तालिका थियो ।

    लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल डिसेम्बर ३ तारिखमा मुल्तानमा हुनेछ । यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij