२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामग्राम  १५ काे सुविधा सम्पन्न कार्यालय निमार्ण शुरु

रामग्राम  १५ काे सुविधा सम्पन्न कार्यालय निमार्ण शुरु

रामग्राम  १५ काे सुविधा सम्पन्न कार्यालय निमार्ण शुरु

रामग्राम  १५ काे सुविधा सम्पन्न कार्यालय निमार्ण शुरु

रामग्राम  १५ काे सुविधा सम्पन्न कार्यालय निमार्ण शुरु
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१५ मा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण हुने भएको छ । वडा कार्याल भवनकाे शिलान्यास राममग्राम नगरपालिकाकाे नगरप्रमुख धनपत यादवले एक कार्यक्रमकाे बिच शिलान्यास गरेका छन ।

    नगरप्रमुख यादवले गदै नागरिकलाई सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ नगरपालिका अघि बढेको बताए  ।सबै वडाका कार्यालयका सुविधा सम्पन्न भवन निर्माण गरि नागरिकलाई सर्वसुलभ एवं छिटोछरितो सेवा प्रदान गरिने यादवकाे भनाई थियोे ।

    नगरको समग्र विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको  यादवले  बताए ।साविक शुक्रौली गाविसको नाममा रहेको सात कठ्ठा १२ धुर क्षेत्रफलको जग्गामा निर्माण हुने दुई तले भवनको कूल लागत झण्डै डेढ करोड रुपैयाँको छ ।

    हाललाई भूमिगत तलामा पार्किङ्ग सुविधासहितको भवनका लागि पवन कन्स्ट्रक्सन परासीसँग करिब रु २५ लाखमा निर्माण हुने गरि सम्झौता भएको वडा न १५का वडाअध्यक्ष धनपत यादवले जानकारी दिए ।उनले वडावासीलाई सहज रुपमा सेवा प्रवाह गर्न नयाँ कार्यालय भवन निर्माण गर्न लागिएको बताए । डिपीआर अनुसार नयाँ बन्ने वडा कार्यालय भवन दुई तले र भूमिगत तलामा पार्किङ्गसहितको हुनेछ भने चारैतिर पर्खाल र नालासहित मूलगेटसँगै १२ वटा व्ववसायिक सटर पनि निर्माण गरिने तर यो चालु आर्थिक वर्षमा पहिलो तला निर्माण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

    नगरपालिकाका ईन्जिनियर महेश्वर ठाकुरका अनुसार वडा कार्यालय भवनका लागि गत आर्थिक वर्षमा छुट्याईएको रु ३७ लाखमध्ये हाल पुस मसान्त भित्र फाउण्डेसनको काम सम्पन्न गर्ने गरि रु २४ लाख ८३ हजारमा सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा विनियोजन गरिएको रु ३० लाखबाट चार वटा कोठा, शौचालय लगायत भवनको पहिलो तला निर्माण सम्पन्न गर्न पुनः ठेक्का गरी निर्माण अघि बढाईनेछ ।

    शिलान्यास समारोहमा नगर उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवर लगायतले नगरका गतिविधिको विषयमा प्रकाश पारेका थिए  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij