२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप

रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप

रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप

रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप

रवि लामिछानेमाथि फेरि १५ दिन म्याद थप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • बुटवल । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो ।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको कास्की प्रहरी उनलाई पाँचौँपटक म्याद थपका निम्ति अदालतमा पेस गरेको थियो ।

    यसअघि, गएको कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । उक्त म्याद सकिएपछि उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

    काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले पहिलोपटक ६ दिन म्याद दिएको थियो । दोस्रोपल्ट सात, तेस्रोचोटि १० र चौथोपटक १३ दिनको म्याद दिइएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij