२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

डकुमेन्ट्री सर्ट फिल्म ‘साइलेन्स टुर’ मा हरि क्षेत्री ‘भुपेन्द्र’ कार्यकारी निर्माताको रुपमा भित्रिए

डकुमेन्ट्री सर्ट फिल्म ‘साइलेन्स टुर’ मा हरि क्षेत्री ‘भुपेन्द्र’ कार्यकारी निर्माताको रुपमा भित्रिए

डकुमेन्ट्री सर्ट फिल्म ‘साइलेन्स टुर’ मा हरि क्षेत्री ‘भुपेन्द्र’ कार्यकारी निर्माताको रुपमा भित्रिए

डकुमेन्ट्री सर्ट फिल्म ‘साइलेन्स टुर’ मा हरि क्षेत्री ‘भुपेन्द्र’ कार्यकारी निर्माताको रुपमा भित्रिए

डकुमेन्ट्री सर्ट फिल्म ‘साइलेन्स टुर’ मा हरि क्षेत्री ‘भुपेन्द्र’ कार्यकारी निर्माताको रुपमा भित्रिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ । जनचेतनामूलक डकुमेन्ट्री सर्ट फिल्म ‘साइलेन्स टुर’ मा वुटवलका सफल व्यवसायी र समाजसेवी हरि क्षेत्री ‘भुपेन्द्र’ कार्यकारी निर्माताको रूपमा जोडिएका छन्। निर्देशक रामजी ज्ञवालीको नेतृत्वमा निर्माणाधीन यस फिल्ममा क्षेत्रीको आर्थिक र व्यवस्थापकीय योगदानले परियोजनालाई थप मजबुत बनाउने विश्वास लिइएको छ । 

    युवा पुस्ताको स्वास्थ्य समस्या र समाजको गम्भीर यथार्थलाई उजागर गर्दै निर्माण भइरहेको यो फिल्मले दर्शकलाई गहिरो सामाजिक सन्देश दिन लक्ष्य राखेको छ। हाल प्रि-प्रोडक्सनको चरणमा रहेको यो परियोजना छिट्टै छायांकनमा जाने तयारीमा छ।

    हरि क्षेत्रीले यस्तो सामाजिक महत्व बोकेको फिल्ममा कार्यकारी निर्माताका रूपमा सहभागिता जनाउन पाउँदा गर्व महसुस गरेको बताए। उनले भने, “यो प्रोजेक्ट कमाइ गर्ने उद्देश्यले होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने अभिप्रायले निर्माण भइरहेको हो। यसलाई देशभर विशेष प्रदर्शनमार्फत् धेरै मानिसहरूसम्म पुर्याउने योजना छ।”

    निर्देशक ज्ञवालीले पनि क्षेत्रीको प्रवेशले फिल्मको स्तरीयता र प्रभावकारिता दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। “उहाँको आर्थिक सहयोग मात्र नभई व्यवस्थापन, परामर्श, र उत्साहले हाम्रो टिमलाई अझ सशक्त बनाएको छ। हामी सबै मिलेर *‘साइलेन्स टुर’*लाई अविस्मरणीय बनाउन प्रतिबद्ध छौं,” उनले भने।

    हालै निर्देशक ज्ञवालीले आफ्नै निर्देशनमा बनेको ‘लापत्ता सन्तान’ सार्वजनिक गरेका थिए, जसले दर्शक र समीक्षकहरूबाट अत्यधिक प्रशंसा प्राप्त गरेको छ। ‘साइलेन्स टुर’ पनि समाजमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ। फिल्मको कथावस्तु हाल गोप्य राखिएको भए पनि यसले दर्शकहरूको भावना छुने र उनीहरूलाई सोच्न बाध्य बनाउने निर्देशक ज्ञवालीले विश्वास व्यक्त गरेका छन्।

    यस परियोजनामा राम शरण पाठकलाई स्क्रिप्ट डाक्टरका रूपमा अनुबन्ध गरिसकिएको छ, जसले कथा र पटकथालाई अझ प्रखर बनाउने जिम्मेवारी लिएका छन्।

    हरि क्षेत्रीजस्तो प्रतिष्ठित व्यवसायी र समाजसेवीको सहभागिताले फिल्मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ। ‘साइलेन्स टुर’ ले समाजका पीडादायक पक्षहरूमाथि संवाद थालनी गर्दै चेतनामूलक परिवर्तन ल्याउने उद्देश्य राखेको छ।
    सेलिब्रेटी टाइम्स प्रा.लीको ब्यानरमा यसअघि निर्माण भएर प्रदशर्नको तयारीमा रहेको रित्तो गाउँ विभिन्न फेस्टिवल तथा विशेष प्रदर्शनमा छ । यो प्रोजेक्ट भने अहिल्यै सार्वजनिक नगर्ने बताए । उनले भने, –‘साइलेन्स टुर बनाएपछि यस बिषयमा सल्लाह हुनेछ । तर, अहिले हामी रित्तो गाउँ कुनै ओटिटी प्लेटफर्ममा सार्वजनिक गर्ने योजना छैन । तर, विशेष प्रदर्शन गर्ने, च्यारिटी गर्न कसैलाई मन भए सम्पर्क गर्न सक्नुहुन्छ ।'

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij