२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उद्योगहरूबाट निस्केको फाेहाेर प्रदुषण राेक्न जसपा नेपालको माग

उद्योगहरूबाट निस्केको फाेहाेर प्रदुषण राेक्न जसपा नेपालको माग

उद्योगहरूबाट निस्केको फाेहाेर प्रदुषण राेक्न जसपा नेपालको माग

उद्योगहरूबाट निस्केको फाेहाेर प्रदुषण राेक्न जसपा नेपालको माग

उद्योगहरूबाट निस्केको फाेहाेर प्रदुषण राेक्न जसपा नेपालको माग
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • परासी ।पश्चिम नवलपरासीमा उद्योगहरूले  गरेकाे प्रदुषण राेक्न माग गरिएकाे छ ।जनता सामाजबादी पार्टी नेपाल नवलपरासीले उद्योगहरूबाट निस्केको फाेहाेर प्रदुषण भएकाे भन्दै त्यसलाई राेक्न माग गरेकाे हाे  ।

    आज परासीमा पत्रकार सम्मेलन गरि जनता सामाजबादी पार्टी नेपालले उद्योगबाट निस्केकाे फाेहाेर पानीले खेतमा पस्दाँ धानबाली क्षति र उर्वर शाक्तिमा कमी आएकाेले किसानहरू मर्कामा परेकाे जसपका अध्यक्ष धरेन्द्र यादवले बताए ।

    उद्योगलाई पटक पटक उद्योगबाट निस्काने फाेहाेर पानी व्यवस्थित गर्न माग गरेपनि उद्योगले कुनै पनि सुधार नगरेकाे भन्दै यश विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउदाँ समेत सुनुवाइ नभएकाे यादवले जानकारी दिए ।


    उनले भने जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई गुनासाे गर्दा उनले केही सुनुवाई नगरेकाे र प्रअ श्रेष्ठले अटेरी गरेकाे अध्यक्ष यादवले आराेप लगाए ।

    उद्योगकाे प्रदुषणले रामग्राम लकहवा नदवा  र पाल्हीनन्दनकाे पडरी गाउँकाे किसान खेतीयोग्य जमिनमा क्षेति पुयाएकाे त्यसक्षेत्रका किसानहरूले बताएका छन ।

    उद्योगबाट निस्केको प्रदुषण उद्योगले नियन्त्रण नगरे उद्योगमा  आन्दोलन कार्यक्रमसहित र तालाबन्दी गर्ने चेतावनी अध्यक्ष यादवले दिएका छन । 

    जिल्ला प्रहरी कार्यालयले सानाे तिनाे सामान्य घरायसी  झैझगडाकाे बिषय लिएर मुद्दा चलाउने कार्य प्रहरीबाट भैरहेकाे विषय तत्काल बन्द गर्न प्रहरीसँग जसपाले माग गरेकाे छ ।

    सामान्य घरायसी झैझगडा बिषय दुवै पक्षलाई  समाझईबुझाई गरि पठाउने कार्य गरेपनि प्रहरीले  पछिल्लो समयमा त्यसाे नगरिकन  साेझ साझ जनतालाई प्रहरीले सास्ती दिन काम गरेकाे अध्यक्ष यादवले बताए ।

    उनले भने सामान्य घरायसी झैझगडा मिलाउकाे साटाे प्रहरीले उल्टै मुद्दा चलाउने कार्य गरेकाे आराेप लगाए । 


    प्रशासनमा काम लिएर जादाँ जनताहरूलाई आनवश्यक दुख दिने काम भैरहेको अध्यक्ष यादवले बताए ।अध्यक्ष यादवले यस्ता क्रियाकलाप तत्काल बन्द गरि प्रही प्रशानसनसंग माग गरेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij