देवदह । रुपन्देहीको देवदहमा ५ औं वडास्तरीय पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहको १० औं स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख गुरुङ्गले खेलकुदको माध्यमबाट देवदहलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सकिनेमा जोड दिए । उनले खेलले स्वास्थ्य संगै अनुशासन बनाउने बताउदै खेलाडी उत्पादन र संरक्षणमा ध्यान दिन आग्रह गरे ।
उनले खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले हरेक बर्ष विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।
स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष विनोदकुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह-६, का वडाअध्यक्ष खेमबहादुर थापा लगायतले आ-आफना भनाई राखे ।
स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका बरिष्ठ उपाध्यक्ष खडकबहादुर पुनको स्वागत र सचिव जयबहादुर पुलामीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगिता अन्र्तगतको उद्घाटन खेलमा देवदह-६, विजयी भएको छ । देवदह-६, ले वडा नम्वर ७ लाई सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । खेलमा देवदह-७, लाई २५-११, २५-१३ को सोझो सेटमा हराउदै देवदह-६, दोश्रो चरणमा प्रवेश गरेको खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद ४१ हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र सान्त्वना हुने टिमले नगद ७ हजार सहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक रानाले जानकारी दिए ।




