देवदह । जनप्रिय माध्यमिक विद्यालय देवदह-१०, भलुहीमा नवनिर्वाचित वाल क्लवका पदाधिकारी, सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमात्रपत्र प्रदान गरिएको छ ।विद्यालयको वाल क्लवको निर्वाचनमा निर्वाचित पदाधिकारी सदस्यहरुलाई एक कार्यक्रमका वीच प्रमात्रपत्र प्रदान गरिएको हो ।
वाल क्लव गठनको लागि भएको निर्वाचनमा ९९ मत प्राप्त गरी सृजना पाण्डे अध्यक्षमा निर्वाचित भएकि छन् । यसैगरी उपाध्यक्षमा ९७ मत प्राप्त गरी मानवी मल्ल, सचिवमा ७७ मतका साथ रोजिना पौडेल, कोषाध्यक्षमा ९० मत प्राप्त गरी मिसन पछाई, सहसचिवमा १०८ मतका साथ उषा दर्लामी निर्वाचित भएको विद्यालयले जनाएको छ ।
यसैगरी सदस्यहरुमा सन्देश पन्थीले एक सय, प्रिन्स भट्टराईले ७४, ईश्वर पोखरेलले १०४ र अमित खनालले १ सय २२ मत प्राप्त गरेको प्रमुख निर्वाचित अधिकृत रमेश थापाले जानकारी दिए ।
२ सय ८२ मतदाता रहेको विद्यालयमा २ सय ३९ जनाले मतदानमा भाग लिएका थिए । वाल क्लवको पदाधिकारी, सदस्यहरुलाई प्रमात्रपत्र वितरण गर्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले नेतृत्व चयनको लागि निर्वाचन नै उपयुक्त विधि भएको बताए । उनले वाल क्लवले समाजमा रहेका विकृति, विसंगति अन्त्य गर्न भूमिका खेल्नु पर्नेमा जोड दिए ।
उनले वाल श्रम, यौन हिंसा, वाल विवाह तथा विद्यालयको पहुचमा नपुगेका वालवालिकालाई शिक्षा प्रदान गर्ने गरी वाल क्लवले काम गर्नुपर्नेमा जोड दिए । उनले वाल क्लवले वालमैत्री नगरपालिका घोषणा गर्न महत्पूणर् भूमिका खेल्नु पर्ने बताउदै निणर्य प्रक्रियामा वाल क्लवको प्रतिनिधित्व हुन आवश्यक रहेको औल्याए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गायत्रीप्रसाद खरेल, नगर वाल सञ्जालका अध्यक्ष नन्दनी अग्रहरी लगायतको सहभागिता रहेको थियो । विद्यालयका शिक्षक श्याम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




