२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एनपीएल खेल्न नेपाल आइपुगे इंग्ल्यान्डका टम मुर्स

एनपीएल खेल्न नेपाल आइपुगे इंग्ल्यान्डका टम मुर्स

एनपीएल खेल्न नेपाल आइपुगे इंग्ल्यान्डका टम मुर्स

एनपीएल खेल्न नेपाल आइपुगे इंग्ल्यान्डका टम मुर्स

एनपीएल खेल्न नेपाल आइपुगे इंग्ल्यान्डका टम मुर्स
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुन इंग्ल्यान्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स नेपाल आइपुगेका छन् । मुर्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्ने छन् ।

    सन् २०१६ देखि फर्स्ट क्लास 'ए' लिस्टमा प्रभावशाली प्रदर्शन देखाउँदै आएका मुर्सले सन् २०२३ देखी टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् । मुर्स काउन्टी, बीपीएल, एलपीएल, पीएसएललगायत विभिन्न लिग खेलिसकेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् । १२८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका उनले २३.३४ औसतमा २,३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ ।

    फर्स्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका उनले १२३ इनिङमा सातपटक ब्याटिङ गर्दै अविजित २,६८१ रन बनाएका छन् । त्यस्तै, १०६ को सर्वाधिक स्कोर बनाएका उनले लामो इनिङ खेल्न सक्ने पनि आफ्नो क्षमतालाई पनि सावित गरेसकेका छन् । कुल ५,२४५ बलमा उनको औसत ब्याटिङ २३.१ रहेको छ । अहिलेसम्मको आफ्नो करिअरमा दुई शतक र आठ अर्धशतक बनाएका मोरिसले ३८५ चौका र ३९ छक्का प्रहार गरेका छन् ।

    मुर्सले लिस्ट 'ए' क्रिकेटमा २९ खेल खेलेका छन् । जसमा २६ इनिङमा ६ पटक अविजित रहँदै ७७६ रन बनाएका छन् । ७६ को सर्वाधिक स्कोर र ३८.८ को औसतले उनको निरन्तरता देखाउँछ । ६९३ बल खेलेर उनले ११२.० को उत्कृष्ट स्ट्राइक रेट बनाएका छन् । यो फर्म्याटमा उनले पाँच अर्धशतक र ७१ चौका तथा ३५ छक्का प्रहार गरेका छन् ।

    टी–२० क्रिकेटमा उनले १३३ खेल खेलेका छन् । जसमा १२० इनिङमा ब्याटिङ गर्दै २७ पटक अविजित रहँदै २,२३२ रन बनाएका छन् । चालिसको सर्वाधिक स्कोर र २४ को ब्याटिङ औसतले छोटो फर्म्याटमा उनको योगदानलाई देखाउँछ । एकहजार ६८७ बल खेलेर उनले १३२.३ को सशक्त स्ट्राइक रेट राखेका छन् ।

    टी–२० मा उनले आठ अर्धशतक, १८२ चौका र ९६ छक्का प्रहार गरेका छन् । विकेटकिपरको रूपमा उनले १२० इनिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । फर्स्ट क्लास क्रिकेटमा उनले २२० क्याच र पाँच स्टम्पिङ गरेका छन् । लिस्ट 'ए'मा उनले २७ क्याच र पाँच स्टम्पिङ गरेका छन् । टी–२० फर्म्याटमा उनले ६५ क्याच र १९ स्टम्पिङ गरेका छन् ।

    लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल हुन् । प्रमुख प्रशिक्षक नन्दन फदनिस छन् । लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्सविरुद्ध खेल्ने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij