२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा वार्षिक खेल तालिका सार्वजनिक

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा वार्षिक खेल तालिका सार्वजनिक

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा वार्षिक खेल तालिका सार्वजनिक

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा वार्षिक खेल तालिका सार्वजनिक

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा वार्षिक खेल तालिका सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रव्यापी खेलकुद प्रतियोगिता संचालन गर्ने भएको छ । एकेडेमीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि चालु आर्थिक वर्ष २०८१–८२ मा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता संचालन गर्ने जानकारी गराएको हो ।

    एकेडेमीले ७ वटै प्रदेशलाई समेटेर विभिन्न १८ प्रतियोगिता संचालन गर्नेछ । पत्रकार सम्मेलनकाबीच चालु आर्थिक वर्ष २०८१–८२ मा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

    सार्वजनिक खेल तालिका अनुसार मदन भण्डारी इन्डो नेपाल पुरुष भलिबल पुस १७ देखि २४ गतेसम्म बुटवल, मदन भण्डारी विश्वविद्यालय स्तरीय फुटसल पुस २८ लेखि माघ ५ गतेसम्म काठमाडौं, मदन भण्डारी राष्ट्रिय तेक्वान्दो माघ ७ देखि ९ गतेसम्म ललितपुर र मदन भण्डारी जुनियर राष्ट्रिय टेबलटेनिस माघ १५ देखि १८ गतेसम्म काठमाडौंमा हुनेछ ।

    यस्तै मदन भण्डारी खुल्ला पुरुष बास्केटबल माघ २२ देखि ३० गतेसम्म काठमाडौं, मदन भण्डारी गोल्डकप फुटबल माघ २० देखि २८ गतेसम्म बुटवल, मदन भण्डारी राष्ट्रिय फुल कन्ट्याक कराते माघ ३ देखि ४ गतेसम्म काठमाडौं, मदन भण्डारी राष्ट्रिय खुल्ला कराते माघ २२ देखि २४ गतेसम्म सुर्खेत र मदन भण्डारी राष्ट्रिय रेस्लिङ्ग फागुन २९ गते धनगढीमा हुनेछ ।

    चैत ५ देखि ८ गतेसम्म कंचनपुर र सुर्खेतमा मदन भण्डारी राष्ट्रिय ब्याडमिन्टन, पोखरा र काठमाडौंमा चैत २५ देखि वैशाख ३ गतेसम्म केपी ओली राष्ट्रिय पुरुष क्रिकेट, झापामा वैशाख १५ र १६ गते केपी ओली राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय शारिरिक सुगठन र ७ वटै प्रदेशमा चैत २३ गते यु–२० र यु–१६ राष्ट्रिय खुल्ला रोड रेस हुनेछ।

    यसैगरी मदन भण्डारी राष्ट्रिय महिला तथा पुरुष खुल्ल चेस वैशाख २ र ३ गते भक्तपुर, मदन भण्डारी राष्ट्रिय खुल्ला आर्चरी वैशाख ५ देखि ६ गतेसम्म पोखरा, मदन भण्डारी राष्ट्रिय पुरुष कबड्डी वैशाख ८ देखि १५ गतेसम्म जनकपुर र बारा, गण्डकी प्रदेश स्तरीय मदन भण्डारी छेलो वैशाख १० गते स्याङ्जा र मदन भण्डारी राष्ट्रिय महिला हक्की र भलिबल पोखरा र सुर्खेतमा हुनेछ ।

    तालिका अनुसार प्रतियोगिता संचालन गर्न कुल बजेट १० करोड ६६ लाख ९७ हजार ७ सय ४४ रुपौयाँ लाग्ने एकेडेमीले जनाएको छ । एकेडेमीले हरेक वर्ष वार्षिक क्यालेण्डर नै बनाएर स्थानीयदेखि राष्ट्रियस्तरसम्म विभिन्न प्रतियोगिता गर्दै आएको र चालु आर्थिक वर्षमा पनि सबै उमेर समूहका खेलाडी समेटिने गरि कार्यतालिका तयार पारिएको अध्यक्ष ध्रुब आचार्यले बताए ।

    एकेडेमीले राष्ट्रिय खेलकुद परिषद (राखेप), प्रदेश, स्थानीय सरकार र व्यवसायिक घरनासँगको सहकार्य र समन्वयमा बजेटको व्यस्थापन गर्ने पनि अध्यक्ष आचार्यले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij