२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित समारोहमा स्वागत गरेका छन् ।

    प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गर्‍यो । समारोहमा अरू चिनियाँ नेता पनि सहभागी थिए ।

    प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यको परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अरू नेताको परिचय गराएका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

    त्यसलगत्तै दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् ।

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार (हिजो) चीनको चारदिने औपचारिक भ्रमणका निम्ति बेइजिङ पुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संघीय सांसदहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत व्यक्ति सहभागी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij