२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चार टिम मैदान उत्रिँदा सबैको लक्ष्य पहिलो जित

चार टिम मैदान उत्रिँदा सबैको लक्ष्य पहिलो जित

चार टिम मैदान उत्रिँदा सबैको लक्ष्य पहिलो जित

चार टिम मैदान उत्रिँदा सबैको लक्ष्य पहिलो जित

चार टिम मैदान उत्रिँदा सबैको लक्ष्य पहिलो जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  •  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बुधबार) दुई खेलमा चार टोली मैदान उत्रिँदा सबै टिम पहिलो जितको खोजीमा हुनेछन् । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सले खेल्नेछ । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । 

    यसअघि पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पाँच विकेटले पराजित गरेको थियो ।

    यी दुई टिमबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । खेलमा कर्णाली याक्स सोमपाल कामीको र काठमाडौं गुर्खाज करण केसीको कप्तानीमा मैदान उत्रिने छ । यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुुन् ।

    आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । 

    विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

    त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । खेलमा लुम्बिनीको रोहितकुमार पौडेल र विराटनगर सन्दीपको कप्तानीमा मैदान उत्रिनेछ । रोहित हाल राष्ट्रिय टिमका कप्तान हुन् । यस्तै, सन्दीप राष्ट्रिय टिमका पूर्व कप्तान हुन् । 

    मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij